back
CTIZAN AD

बालबिबाहलाई राज्यमन्त्रीको प्रोत्साहन, आफ्नै खर्चले विहे गरिदिए

वि.सं.२०७६ वैशाख १२ बिहीवार

585 

shares

१२ बैशाख, लाहान । प्रदेश सरकारले चलाएको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई सरकारकै एक राज्यमन्त्रीले चुनौती दिदैं आफ्नै खर्चमा बालबिबाह गरिदिएका छन् ।

प्रदेश २ का उद्योग, पर्यटन, पन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सम्पूर्ण खर्च तिरेर सिरहामा डोम समुदायकी १४ वर्षीया किशोरीको विवाह गराएका हुन् ।

राज्यमन्त्री मण्डलले कल्याणपुर नगरपालिका ३ प्रसाहीका कुशे मल्लिक डोमकी छोरी राधा मल्ल्किको विवाह मंगलबार राति आफ्नै खचएमा गराएका हुन् । आर्थिक अवस्था कमजोर रहेको र जन्तीलाई समेत स्वागत गर्न नसक्ने अवस्थाका कारण सम्पूर्ण खर्च तिरेर विवाह गराइदिएको राज्यमन्त्री मण्डलका सहयोगी रमेश मण्डलले जानकारी दिएका थिए ।

राज्यमन्त्री मण्डलले विवाहमा दुलही राधाको अभिभावकको जिम्मेवारी निभाएका थिए ।

वडाअध्यक्ष अशोक मण्डलको संयोजकत्वमा भएको सो विवाहमा दुलाहा–दुलहीलाई राज्यमन्त्री मण्डलले आर्शिवाद दिदैँ आफूले गरिब, धनी र छुवाछुत अन्त्यको सन्देश दिन राधाको विवाहको खर्च बेहोरेको बताए ।  विहिबारको राजधानी दैनिकमा आलोक यादवले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख १२ बिहीवार ०८:१४ मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...