back

बालबिबाहलाई राज्यमन्त्रीको प्रोत्साहन, आफ्नै खर्चले विहे गरिदिए

वि.सं.२०७६ वैशाख १२ बिहीवार

33 

shares

१२ बैशाख, लाहान । प्रदेश सरकारले चलाएको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई सरकारकै एक राज्यमन्त्रीले चुनौती दिदैं आफ्नै खर्चमा बालबिबाह गरिदिएका छन् ।

प्रदेश २ का उद्योग, पर्यटन, पन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सम्पूर्ण खर्च तिरेर सिरहामा डोम समुदायकी १४ वर्षीया किशोरीको विवाह गराएका हुन् ।

राज्यमन्त्री मण्डलले कल्याणपुर नगरपालिका ३ प्रसाहीका कुशे मल्लिक डोमकी छोरी राधा मल्ल्किको विवाह मंगलबार राति आफ्नै खचएमा गराएका हुन् । आर्थिक अवस्था कमजोर रहेको र जन्तीलाई समेत स्वागत गर्न नसक्ने अवस्थाका कारण सम्पूर्ण खर्च तिरेर विवाह गराइदिएको राज्यमन्त्री मण्डलका सहयोगी रमेश मण्डलले जानकारी दिएका थिए ।

राज्यमन्त्री मण्डलले विवाहमा दुलही राधाको अभिभावकको जिम्मेवारी निभाएका थिए ।

वडाअध्यक्ष अशोक मण्डलको संयोजकत्वमा भएको सो विवाहमा दुलाहा–दुलहीलाई राज्यमन्त्री मण्डलले आर्शिवाद दिदैँ आफूले गरिब, धनी र छुवाछुत अन्त्यको सन्देश दिन राधाको विवाहको खर्च बेहोरेको बताए ।  विहिबारको राजधानी दैनिकमा आलोक यादवले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख १२ बिहीवार ०८:१४ मा प्रकाशित

केयूले ल्याएको हाइड्रोजन कार

केयूले ल्याएको हाइड्रोजन कार

काठमाडौँ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको...

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री ‘प्रचण्ड’

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री ‘प्रचण्ड’

युएई (दुबइ) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन...

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

चितवन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने...

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप...

राष्ट्रियसभा निर्वाचन कार्यतालिका, माघ ११ गते निर्वाचन

राष्ट्रियसभा निर्वाचन कार्यतालिका, माघ ११ गते निर्वाचन

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी माघ ११ गते हुने...

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

काठमाडौँ । उच्च अदालत पाटनले पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी...