back
CTIZAN AD

सिटिजन्स बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख बढी जम्मा

वि.सं.२०७६ वैशाख १२ बिहीवार

963 

shares

 

१२ बैशाख, काठमाडौं । सिटिजन्स बैंक ईन्टरनेशनले प्रधानमन्त्री दैवि प्रकोप उद्धारकोषमा १० लाख बढी आर्थिक सहयोग जम्मा गरेको छ ।

बैंकले बारा र पर्सामा विनाशकारी हावाहुरीबाट भएको अकल्पनीय जनधनको क्षतिबाट पीडित व्यक्ति तथा प्रभावित परिवारलाई सहयोग गर्ने हेतुले “सिटिजन्स बारापर्सा हुरी पिडित राहत कोष २०७५” को स्थापना गरेको थियो ।

बारा, पर्सा लगायत तराईका विभिन्न स्थानमा आएको भीषण हावाहुरीबाट प्रभावितका लागि राहतस्वरुप उक्त राहत कोषमा बैंकको तर्फबाट रू दशलाख र अन्य सहयोगी दाताहरूबाट जम्मा भएको कुल रकम रु १०,३७,०९७.०७ (अक्षरूपी दश लाख सैतिस हजार सन्तानब्बे रुपैया सात पैसा मात्र) बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको बैंकद्धारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत गरेको यस परोपकारी कार्यको सह्राना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले धन्यवाद व्यक्त गरेका थिए ।

बैंकले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रयमास सम्ममा रु.६८ अर्व ६८ करोड निक्षेप संकलन गरि रु. ६३ अर्व ५९ करोड कर्जा प्रवाह गरी सोहि अवधिभित्र रु.१ अर्व ४९ करोड १४ लाख संचालन मुनाफा र रु.१ अर्व ६ करोड खुद नाफा आर्जन गरेकोे बताएको छ । जुन गतवर्षको सोहि अवधिको तुलनामा क्रमश : ४.०२ प्रतिशत र ५ं.९१ प्रतिशतले वृद्धि भएको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बताएको छ ।यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यल्ले बैंकले सातवटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु,घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।

वि.सं.२०७६ वैशाख १२ बिहीवार ०९:४३ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...