back
CTIZAN AD

घर पुनः निर्माणमा समस्या

वि.सं.२०७६ वैशाख १२ बिहीवार

669 

shares

१२ वैशाख, बेझाड, पाल्पा :  निस्दी गाउँपालिका–२ सहलकोटको सुकेकोट क्षेत्रमा २०७२ को विनाशकारी भूकम्पले ठूलो क्षति पु¥यायो । गाउँमा रहेका सबैजसो घर पूर्णरुपमा क्षति हुन पुगे । सरकारले लगत सङ्कलन गरेर पुनःनिर्माणका लागि अनुदान रकम दिने कुराले यहाँका पीडित परिवारमा खुशीयाली छायो । सामान्य गुजारा गरेर बसेका यहाँका पीडित नागरिकले केही समय त टहरा र त्रिपालमुनि बास बसेर गुजारा चलाए ।

सरकारले भूकम्पपीडित लाभग्राहीको सूचीमा परेका परिवारलाई घर पुनःनिर्माणका लागि अनुदान रकम दिने निर्णय गरेपछि उत्साहित हँुदै पुनःनिर्माणमा जुटे । तीन किस्ता गरेर रु तीन लाख दिने भनेको रकमले घर पुनःनिर्माण सम्पन्न नहुने भएपछि यहाँका भूकम्पपीडित थप समस्यामा परेका छन् ।

सुकेकोटका तिलवीर रानाले पहिलो किस्ता बुझेर जसोतसो घर बनाउन शुरु गरे । सरकारले उपलब्ध गराउने भनेको रकमानुसार पुनःनिर्माणको कामलाई अगाडि बढाउन नसक्दा उहाँले तेस्रो किस्ता रकम पाउन सकेको छैन् ।

“सरकारले दिने रकमले मात्र घर सम्पन्न हुँदो रहेनछ, आफूले थपेर गरौँ भन्न सक्ने अवस्था नै छैन, अहिलेसम्म घर पुनःनिर्माणको काम बीचमै रोकिएको छ” उनले बताए । काठपात, ढुङ्गा, सिमेन्ट सबै सर सामान जोड्नदेखि लिएर घर बनाउने कामदार सबै गर्दा सामान्य खालको बनाउन पनि कम्तीमा रु पाँच÷सात लाख लाग्ने उनी बताउछन् ।

“घर पूरा नहुँदा तेस्रो किस्ता पाउन सकिएको छैन, सम्पन्न गर्नसक्ने आयस्रोत पनि केही नहुँदा झन् पिरलो थपिएको छ” उनले गुनासो गरे । सोही ठाउँकै सन्जु रानाको पनि तिलवीर रानाको जस्तै अवस्था छ । अनुदान रकमले घर पुनःनिर्माण कार्य सम्पन्न नहुने भएपछि निर्माणको काम बीचमै रोकिएको छ । दुई किस्ताबापत रु दुई लाख बुझ्नुभएकी रानाले घर निर्माणको काम बीचमै रोकिएपछि तेस्रो किस्ता बुझ्न सक्नुभएको छैन ।

भूकम्प गएको चार वर्ष बित्यो तर अहिराम रानालाई भने आफ्नो घर कहिले निर्माण सम्पन्न हुन्छ अझै पत्तो छैन । “सरकारले उपलब्ध गराएको अनुदान रकम गरीब विपन्नलाई न लिनु न छोड्नु जस्तै भएको छ, घर बनाउने काम शुरु गरियो तर सम्पन्न गर्न अनुदानले मात्र पुगेन, बजेट थप्न आफूसँग कुनै अर्को उपाय छैन” उनले बताए ।

साविक सहलकोट गाउँ विकास समितिमा मात्र ६१ घर पूर्णरुपमा क्षति भएका थिए । त्यसमध्ये सुकेकोट गाउँमा मात्रै ४१ घर पूर्णरुपमा क्षति भए । सरकारले दिएको अनुदानमा ऋण खोजेरै भए पनि जसोतसो केहीले घर बनाए भने केहीको अवस्था अत्यन्तै दयनीय छ ।

यहाँका ६० प्रतिशत परिवारले तीन पटकको किस्ता बुझेका छन् भने ४० प्रतिशत परिवारले तेस्रो किस्ता बुझ्न बाँकी रहेको सलहकोटका भूकम्प प्रभावित संयोजक एवम् बालहित माध्यमिक विद्यालयका शिक्षक उमेरकुमार गाहाले बताए । “अनुदानको भरमा मात्र बसेका गरीब, विपन्न परिवारले भूकम्प पुनःनिर्माण प्राधिकरणले तोकेअनुसारको मापदण्ड पूरा गर्न नसक्दा केहीले दोस्रो किस्ता पनि अझै बुझ्न नसकिरहेको अवस्था छ” उनले बताए ।

ऋण लिएर बुझाउनै नसक्ने अति नै नाजुक परिवारका लागि सरकारले दिने भनिएको रु तीन लाखले पुनःनिर्माण सम्पन्न गर्न अत्यन्तै कठिनाइ पर्ने हुँदा उनीहरुलाई पुनःनिर्माणमा विशेष प्राथमिकता दिनुपर्ने उनी बताउछन् । जिल्ला प्राधिकरण कार्यालयका अनुसार पाल्पामा चार हजार ६५२ लाभग्राहीमध्ये चार हजार ६० लाभग्राहीले पहिलो किस्ता, एक हजार ९४० लाभग्राहीले दोस्रो र एक हजार २१५ लाभग्राहीले तेस्रो किस्ता बुझेका छन् ।

पहिलो किस्ता बुझेकामध्ये मापदण्डअनुसार पूरा नभएपछि ५८ जनाले अनुदान रकम फिर्ता गरेका छन् । आव ०७५÷०७६ मा १४९ जनालाई पहिलो किस्ताबापत रु ५० हजारका दरले रु ७४ लाख ५० हजार, ८५६ जनालाई रु एक लाख ५० हजारका दरले रु १२ करोड ८४ लाख र ८८९ जनालाई तेस्रो किस्ताबापत रु एक लाखका दरले रु आठ करोड ८९ लाख रकम प्रदान गरिएको छ । यस आर्थिक वर्षमा पहिलो किस्ता बुझेका ५३ जनाबाट रु २६ लाख ५० हजार फिर्ता भएको छ ।

 

विद्यालय पुनः निर्माण हुँदै

पाल्पामा भूकम्प प्रभावित विद्यालय पुनः निर्माण भइरहेका छन् । आव ०७४÷०७५ मा दुईकोठे चार वटा र चारकोठे दुई वटा गरी छ वटा भवन निर्माण कार्य सम्पन्न भइसकेको छ भने तीनकोठे चार वटा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आव ०७५÷०७६ मा १७ विद्यालय भवन निर्माण भइरहेको छ । जसअन्र्तगत दुईकोठे १७ वटा, तीनकोठे चार वटा, चारकोठे १५ वटा भवन निर्माणको क्रममा रहेका छन् ।

वि.सं.२०७६ वैशाख १२ बिहीवार ०९:३१ मा प्रकाशित

प्रतिनिधिसभा बैठक सुरु, नियमावली पारित गर्ने कार्यसूची

प्रतिनिधिसभा बैठक सुरु, नियमावली पारित गर्ने कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक निर्धारित समयमन्दा २५ मिनेट ढिला सुरु...

इरानतर्फ जाँदै गरेको मालवाहक जहाजमाथि अमेरिकी क्षेप्यास्त्र प्रहार

इरानतर्फ जाँदै गरेको मालवाहक जहाजमाथि अमेरिकी क्षेप्यास्त्र प्रहार

वासिङ्टन । अमेरिकी सेनाले इरानका बन्दरगाहहरूमा लगाएको नाकाबन्दी तोडेर प्रवेश...

सशस्त्र प्रहरीका जवानसहित दुई जना बेपत्ता

सशस्त्र प्रहरीका जवानसहित दुई जना बेपत्ता

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरीका एक...

प्रदेशसभा बैठकः नीति तथा कार्यक्रममा छलफल

प्रदेशसभा बैठकः नीति तथा कार्यक्रममा छलफल

मकवानपुर । बागमती प्रदेशसभाको बैठक सोमबार अपराह्न १ः०० बजे बस्नेछ...

दश महिनामा एकतिस अर्ब एकतिस करोडका सवारीसाधन आयात

दश महिनामा एकतिस अर्ब एकतिस करोडका सवारीसाधन आयात

वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको प्रथम १० महिनामा रु...

सेवासुविधा बढाउन विद्यालय कर्मचारीको माग

सेवासुविधा बढाउन विद्यालय कर्मचारीको माग

काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आगामी आर्थिक वर्षका लागि...