back
CTIZAN AD

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

वि.सं.२०८३ जेठ १७ आइतवार

450 

shares

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको जापोरिझ्झिया आणविक विद्युत् केन्द्रमा भएको भनिएको ड्रोन आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन । उनले आणविक सुविधामाथि हुने कुनै पनि आक्रमणलाई ‘आगोसँग खेल्नुजस्तै’ भएको टिप्पणी गरेका छन ।

एजेन्सीका अनुसार केन्द्रले दिएको जानकारीअनुसार एक ड्रोनले विद्युत् केन्द्रको टर्बाइन भवनमा प्रहार गर्दा भवनको पर्खालमा क्षति पुगेको बताइएको छ । उक्त घटनाबारे एजेन्सीले सामाजिक सञ्जालमार्फत जानकारी सार्वजनिक गरेको हो ।

महानिर्देशक ग्रोसीले ’आणविक केन्द्रभित्र वा त्यसका विरुद्ध कुनै पनि प्रकारको आक्रमण हुनु हुँदैन’ भन्दै सबै पक्षलाई संयम अपनाउन आग्रह गर्नुभएको छ । उनले आणविक सुरक्षा र सुरक्षालाई जोखिममा पार्ने गतिविधिबाट बच्नुपर्नेमा जोड दिए ।

एजेन्सीका अनुसार केन्द्रमा तैनाथ गरिएको टोलीले घटनास्थलको प्रत्यक्ष निरीक्षण गर्न टर्बाइन भवनमा पहुँच मागेको छ, ताकि क्षतिको वास्तविक अवस्था मूल्याङ्कन गर्न सकियोस् ।

एजेन्सीका अनुसार यो घटना अप्रिल २०२४ पछि जापोरिझ्झिया आणविक विद्युत् केन्द्रको सीमाभित्र भएको पहिलो ड्रोन आक्रमण हुन सक्ने बताइएको छ ।

युरोपकै सबैभन्दा ठूलो आणविक विद्युत् केन्द्रमध्ये एक मानिने यो केन्द्र मार्च २०२२ देखि रूसी नियन्त्रणमा रहेको छ । रुस–युक्रेन द्वन्द्व सुरु भएयता एजेन्सीले बारम्बार यस क्षेत्र वरपरको सैन्य गतिविधिबाट उत्पन्न जोखिमप्रति चेतावनी दिँदै आएको छ र आणविक पूर्वाधारको सुरक्षाको आग्रह गर्दै आएको छ । (रासस/सिन्ह्वा)

 

वि.सं.२०८३ जेठ १७ आइतवार १४:५७ मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...