back
CTIZAN AD

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

वि.सं.२०८३ जेठ १७ आइतवार

348 

shares

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ३८ यात्रु र तीन चालकदल सदस्य बोकेको बस इज्मिर शहरबाट भूमध्यसागरीय पर्यटकीय गन्तव्य अन्टालियातर्फ जाँदै थियो। यात्रा क्रममा डेनिज्ली प्रान्तस्थित डेनिज्ली–आयदिन राजमार्गमा बस अनियन्त्रित भई सडक किनारको सुरक्षा बारमा ठोक्किएको थियो ।

दुर्घटनापछि बसमा आगलागीसमेत भएको बताइएको छ। मृतकमध्ये बस चालक र नौ महिनाको एक शिशु पनि रहेका छन् ।
दुर्घटनामा घाइते भएका ३३ जनालाई उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। केही घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ ।

दुर्घटनाको कारण तत्काल खुल्न नसकेको र घटनाबारे सम्बन्धित निकायले अनुसन्धान सुरु गरेको अधिकारीहरूले बताएका छन् ।

टर्कीमा पछिल्ला वर्षहरूमा सडक सुरक्षा सुधारका प्रयास भए पनि तीव्र गति, चालकको थकान तथा प्राविधिक समस्याका कारण यस्ता दुर्घटनाहरू समय–समयमा हुने गरेका छन्। यस घटनाले पुनः सडक सुरक्षाप्रति ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ ।(सिन्ह्वा)

वि.सं.२०८३ जेठ १७ आइतवार १५:०५ मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...