back
CTIZAN AD

जलेर गम्भीर घाईते भएकी कन्चनलाई उपचारका लागि काठमाडौं ल्याइयो

वि.सं.२०७६ वैशाख १३ शुक्रवार

714 

shares

महेश श्रेष्ठ, १३ बैशाख ।  घरायसी विवादमा सिरहा नगरपालिका–८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेको शरीरमा उनका घरपरिवारले आगो लगाएको छ । आगोले खत्वेको शरीर ८० प्रतिशत जलेकोले उनको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।

घटनापश्चात् कञ्चनका श्रीमान् बेचन मण्डल खत्वे फरार भएको बताइएको छ । ‘घरपरिवारले उनीमाथि आगो किन लगायो भन्ने कारण खुल्न सकेको छैन । सासुलाई सोधपुछका लागि ल्याइएको थियो, उनीपनि बिरामी भएपछि अहिले मिर्चैयाको मंगलम अस्पतालमा उपचार भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय सिराहाका डिएसपी माधवराज खरेलले संसारन्युजसँग भने, ‘घटना हिजो बिहान सवा नौं बजेको हो, अहिलेसम्म कारण के हो खुल्न सकेको छैन अनुसन्धान भइरहेको छ ।’

घटनालगत्तै कञ्चनको उद्धार गरी माइतीका आमाबाबु, भाइ र माइजुका साथमा प्रहरीले उपचारको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । तर, शरीरको अधिकांश भाग जलिसकेकाले त्यहाँ उपचार सम्भव नभएपछि कञ्चनलाई उपचारको लागि नवजीवन परोपकार केन्द्र र ज्ञण्ण् ग्रुप संस्थाको सहयोगमा शुक्रबार बिहान ३ः३० बजे एम्बुलेन्सको ब्यबस्था गरेर काठमाडौको शुष्मा मेमोरियल अस्पतालमा पठाइएको छ । उनको साथमा आमा बुबा र भाइ पनि गएका छन् ।

काठमाडौंमा सहयोग गर्नका लागि तिनै संस्थाका सहयोगी साथीहरू लागि रहेका छन् ।

धरानबाट अबजित ताम्राकार, किरण चन्द पुन, सौजन श्रेष्ठ र बब्लु गुप्ता नेपालीको पहलमा चिकित्सकको सुझाव अनुसार पीडितलाई काठमाडौं पठाइएको हो ।

पीडितको शरीर ८० प्रतिशत जलेको र बचाउन सकिने अवस्था २० प्रतिशत रहेको छ । यस घटनाका सम्बन्धमा नेपाली साझा मंच ‘देशका लागि केही त गरौं’ लाई हिजो अबेर राति इशा गुरुङले जानकारी दिएको बताइएको छ ।

वि.सं.२०७६ वैशाख १३ शुक्रवार १२:०७ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...