back

जलेर गम्भीर घाईते भएकी कन्चनलाई उपचारका लागि काठमाडौं ल्याइयो

वि.सं.२०७६ वैशाख १३ शुक्रवार

45 

shares

महेश श्रेष्ठ, १३ बैशाख ।  घरायसी विवादमा सिरहा नगरपालिका–८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेको शरीरमा उनका घरपरिवारले आगो लगाएको छ । आगोले खत्वेको शरीर ८० प्रतिशत जलेकोले उनको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।

घटनापश्चात् कञ्चनका श्रीमान् बेचन मण्डल खत्वे फरार भएको बताइएको छ । ‘घरपरिवारले उनीमाथि आगो किन लगायो भन्ने कारण खुल्न सकेको छैन । सासुलाई सोधपुछका लागि ल्याइएको थियो, उनीपनि बिरामी भएपछि अहिले मिर्चैयाको मंगलम अस्पतालमा उपचार भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय सिराहाका डिएसपी माधवराज खरेलले संसारन्युजसँग भने, ‘घटना हिजो बिहान सवा नौं बजेको हो, अहिलेसम्म कारण के हो खुल्न सकेको छैन अनुसन्धान भइरहेको छ ।’

घटनालगत्तै कञ्चनको उद्धार गरी माइतीका आमाबाबु, भाइ र माइजुका साथमा प्रहरीले उपचारको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । तर, शरीरको अधिकांश भाग जलिसकेकाले त्यहाँ उपचार सम्भव नभएपछि कञ्चनलाई उपचारको लागि नवजीवन परोपकार केन्द्र र ज्ञण्ण् ग्रुप संस्थाको सहयोगमा शुक्रबार बिहान ३ः३० बजे एम्बुलेन्सको ब्यबस्था गरेर काठमाडौको शुष्मा मेमोरियल अस्पतालमा पठाइएको छ । उनको साथमा आमा बुबा र भाइ पनि गएका छन् ।

काठमाडौंमा सहयोग गर्नका लागि तिनै संस्थाका सहयोगी साथीहरू लागि रहेका छन् ।

धरानबाट अबजित ताम्राकार, किरण चन्द पुन, सौजन श्रेष्ठ र बब्लु गुप्ता नेपालीको पहलमा चिकित्सकको सुझाव अनुसार पीडितलाई काठमाडौं पठाइएको हो ।

पीडितको शरीर ८० प्रतिशत जलेको र बचाउन सकिने अवस्था २० प्रतिशत रहेको छ । यस घटनाका सम्बन्धमा नेपाली साझा मंच ‘देशका लागि केही त गरौं’ लाई हिजो अबेर राति इशा गुरुङले जानकारी दिएको बताइएको छ ।

वि.सं.२०७६ वैशाख १३ शुक्रवार १२:०७ मा प्रकाशित

बोलेराले मोटरसाइकललाई ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु, एक जना घाइते

बोलेराले मोटरसाइकललाई ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु, एक जना घाइते

भरतपुर । चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई...

मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री ‘प्रचण्ड’

मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकारको प्रत्याभूति दिलाउन...

भ्रष्टाचार निवारणका लागि अहिलेको प्रयत्न र परिणाम पूर्ण छैन : प्रधानमन्त्री ‘प्रचण्ड’

भ्रष्टाचार निवारणका लागि अहिलेको प्रयत्न र परिणाम पूर्ण छैन : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुआयामिकरूपमा रहेको भ्रष्टाचारलाई सरकारी,...

ठगी गरेको आरोपमा जनप्रतिनिधिसहित चार पक्राउ

ठगी गरेको आरोपमा जनप्रतिनिधिसहित चार पक्राउ

कास्की । पोखराका एक जनप्रतिनिधि ठगी मुद्दामा पक्राउ परेका छन्...

एनसेल प्रकरणमा आर्थिक लेनदेन भएको उपमहासचिव पुनको आरोप

एनसेल प्रकरणमा आर्थिक लेनदेन भएको उपमहासचिव पुनको आरोप

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले एनसेल खरिद–बिक्री...

१४ किलो सुन प्रकरण : छ सदस्यीय छानबिन समिति गठन

१४ किलो सुन प्रकरण : छ सदस्यीय छानबिन समिति गठन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएराति बरामद गरिएको करिब १४...