back
CTIZAN AD

भूकम्पपीडितलाई घर बनाउन लालपुर्जा

वि.सं.२०७६ वैशाख १३ शुक्रवार

759 

shares

१३ वैशाख, गलकोट । ०७२ साल वैशाख १२ गते गएको भूकम्पका कारण क्षति पु¥याएको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ काउलेका १० दलित परिवारलाई एकीकृत बस्ती निर्माण गर्नका लागि बिहीबार लालपुर्जा हस्तान्तरण गरिएको छ ।

भूकम्पले क्षति पु¥याएर चिरा पारेको उक्त बस्तीमा २०७५ साल असार १२ गतेको भीषण वर्षाले बस्ती नै भासिएपछि जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङले चौथो भूकम्प स्मृति दिवसका अवसरमा पीडित दश परिवारलाई एकमुष्ट लालपुर्जा हस्तान्तरण गरेको हो ।

भूकम्पमा चिरा परेको स्थान छोडेर अन्यत्रै स्थानीयवासीको घरमा आश्रय लिएर बसेका दश दलित परिवारलाई घर निर्माणका लागि लालपुर्जा उपलब्ध गराइएको आयोजना प्रमुख इञ्जिनीयर रामाशीष साहले बताए ।

“भूर्गभ विभागको अध्ययनपछि बस्ती स्थानान्तरण गर नजीकै रहेको सुरक्षित जमीनमा एकीकृत घर निर्माणका लागि जग्गा खरीद गरी लालपुर्जा हस्तानतरण गरिएको छ”, शाहले भने, “डिपिआर विस्तृत अध्ययन प्रतिवेदन बनाइसकेपछि बस्ती निर्माणको कार्य अगाडि बढ्नेछ ।”

“भूकम्प गएको ४ वर्षसम्म अरूकै घरमा आश्रित छौँ”, पीडित चिन्ते दमैले भने, “लालपुर्जा हातमा आउँदा घर बन्ने आशा पलाएको छ ।” जग्गा खरीद गर्न प्रतिपरिवार रु दुई लाख, पूर्वाधार निर्माणका लागि रु चार लाख तथा नमूना बस्ती निर्माणका लागि तीन लाख गरी प्रतिपरिवार रु नौ लाख खर्च लाग्ने शाहले बताए ।

बस्तीमुनि तथा माथिबाट लोकमार्ग निर्माण भएको र भूकम्पले जमीन चर्काएको स्थानमा बाढी पसेर बस्ती जोखिममा परेको भूर्गभ विभागको निष्कर्षपछि बस्ती निर्माणको कार्यअगाडि बढेको वडाध्यक्ष शिव कँडेलले बताए । घर निर्माण गर्ने लालपुर्जा पाउँदा पीडित खुशी देखिन्थे । लालपुर्जा वितरण सङ्घीय सांसद डा सूर्य पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

वि.सं.२०७६ वैशाख १३ शुक्रवार १२:२१ मा प्रकाशित

भोटेकोशी विपदमा छलफल गर्न  सर्वदलीय बैठक सुरु

भोटेकोशी विपदमा छलफल गर्न  सर्वदलीय बैठक सुरु

काठमाडौँ । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत...

भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी बाढीपछि रसुवामा कार्यरत २८ प्रहरी कर्मचारी सम्पर्कविहीन...

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...