Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

विद्युत् चोरी गर्ने दुईदजर्न पक्राउ



२६ कात्तिक, राजविराज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले सप्तरीका विभिन्न स्थानबाट विद्युत् चोरीमा संलग्न दुई दर्जन व्यक्तिलाई पक्राउ गरी कारबाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरी र प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले पछिलो पटक जिल्लाको सप्तकोसी नगरपालिकाअन्तर्गत पिपरा–पश्चिम, बलारदह, कमलपुर र मलेठबाट १४ जनालाई विद्युत्को पोलमा हुकिङ गरेर विद्युत् बालेको अवस्थामा पक्राउ गरिएको केन्द्रका प्रमुख रामउद्गार साहले बताउनुभयो ।

त्यस्तै, सप्तरीको पश्चिमी भेगमा पर्ने पत्थरगाडा, बेल्हीचपेना, नर्घो लगायतका गाविसबाट हुकिङ गरी विद्युत् चोरी गरेको अवस्थामा १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ परेकामाथि विद्युत् चोरी ऐनअन्तर्गत मुद्दा चलाई कारबाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

यसअघि विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले तीन महिनासम्म गरेको विद्युत् हुकिङ नियन्त्रण अभियानमा एक सय २३ जनालाई कारबाही गरी करिब रु १९ लाख राजस्व असुली गरेको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।