back
CTIZAN AD

विद्युत् चोरी गर्ने दुईदजर्न पक्राउ

वि.सं.२०७३ कात्तिक २६ शुक्रवार

1.1K 

shares

२६ कात्तिक, राजविराज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले सप्तरीका विभिन्न स्थानबाट विद्युत् चोरीमा संलग्न दुई दर्जन व्यक्तिलाई पक्राउ गरी कारबाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरी र प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले पछिलो पटक जिल्लाको सप्तकोसी नगरपालिकाअन्तर्गत पिपरा–पश्चिम, बलारदह, कमलपुर र मलेठबाट १४ जनालाई विद्युत्को पोलमा हुकिङ गरेर विद्युत् बालेको अवस्थामा पक्राउ गरिएको केन्द्रका प्रमुख रामउद्गार साहले बताउनुभयो ।

त्यस्तै, सप्तरीको पश्चिमी भेगमा पर्ने पत्थरगाडा, बेल्हीचपेना, नर्घो लगायतका गाविसबाट हुकिङ गरी विद्युत् चोरी गरेको अवस्थामा १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ परेकामाथि विद्युत् चोरी ऐनअन्तर्गत मुद्दा चलाई कारबाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

यसअघि विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले तीन महिनासम्म गरेको विद्युत् हुकिङ नियन्त्रण अभियानमा एक सय २३ जनालाई कारबाही गरी करिब रु १९ लाख राजस्व असुली गरेको थियो । रासस

वि.सं.२०७३ कात्तिक २६ शुक्रवार ०३:५३ मा प्रकाशित

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा...