back
CTIZAN AD

‘सुन्दर घर बनाउनका लागि महिला स्वस्थ हुन जरुरी’

वि.सं.२०७६ वैशाख २२ आइतवार

660 

shares

 

२२ बैशाख, लम्की । जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपमकुमार चौधरीले घर सुन्दर बनाउनका लागि महिला स्वस्थ हुन आवश्यक रहेको बताएका छन् ।

कैलालीको जानकी गाउँपालिकाको गौलौरीमा शनिबार गाउँपालिकाले सहयोगमा आयोजना गरिएको महिलाका लागि निःशुल्क स्वास्थ्य शिविरका क्रममा उनले सो कुरा बताएका हुन् ।

उक्त  निःशुल्क पाठेघर जाँच शिविरमा ३४२ ले सेवा लिएका छन् । सेवा लिएकामध्ये तीनको पाठेघरको शल्यक्रिया गर्नुपर्ने, पाँचको पाठेघरमा रिङ राख्नुपर्ने, पाँचको बाझोपन, २३ अविवाहित महिलामा महीनावारीको गढबढी देखिएकाले थप उपचारका लागि नेपालगञ्ज सिफारिश गरिएको छ । यी महिलाको निःशुल्क उपचारको व्यवस्थासमेत गरिएको मुनुवा स्वास्थ्यचौकीका प्रमुख बिर्ख विष्टले जानकारी दिए ।

शिविरमा सेवा लिन आएकामध्ये एकको पिसाबथैलीमा बढी समस्या र अर्का एकको क्यान्सरको लक्षण देखिएकाले उनीहरुलाई पनि नेपालगञ्ज सिफारिसश गरिएको छ ।

“शिविरमा सेवा लिन आएका करीब ८० प्रतिशत महिलामा प्रजनन अङ्गमा सङ्क्रमण देखिएको छ । शिविरमा ६५ को भिडियो एक्सरे गरिएको छ ।” मुनुवा स्वास्थ्यचौकीका प्रमुख विष्टले भने, “ग्रामीण क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा पाएपछि गाउँका महिला खुशी भएका छन् ।

लामो समयदेखि उपचार सेवा लिन नसकेका महिलाले समेत उपचार गरेका छन् ।” पाठेघर खसेकी ७१ वर्षीया एक महिलाले गाउँमै चिकित्सक आएपछि उपचारमा आएको बताइन् । उनले नेपालगञ्जमा शल्यक्रिया गरेमा सञ्चो हुने बताएकाले खुशी भएको बताइन् ।
शिविरमा नेपालगञ्ज भेरी अस्पतालमा कार्यरत डा अस्मिता गौतम, कोहलपुर मेडिकल कलेजमा कार्यरत डा बविता शाह र डा रामकुमार दास र टीकापुर अस्पतालमा कार्यरत डा अमित प्रजापतिलगायतको टोलीले सेवा दिएको थियो ।

डा अस्मिता गौतमले अहिले पनि महिलाले रोग लुकाएर बस्ने गरेको बताइन्  । “महिलामा थुप्रै स्वास्थ्य समस्या छ, लुकाएर वर्षौसम्म पीडा सहेर बसेका छन् ।” उनले भनिन् “शिविरमा कहिल्यै उपचारमा नगएका महिला पनि आए । धेरै महिलामा यौन तथा प्रजनन समस्या छ । यस्ता समस्या उपचार गरेमा निको हुन्छ भन्ने जानकारी नरहेको पाइयो ।”

 

वि.सं.२०७६ वैशाख २२ आइतवार ०९:११ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...