back

पाँच लाखको लुटपाट

वि.सं.२०७६ वैशाख २२ आइतवार

27 

shares

२२ वैशाख, गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१० सारीगाउँमा आज बिहान चोरहरुको एक समूहले एक घरपरिवारका सदस्यलाई नियन्त्रणमा लिएर रु पाँच लाख बढीको लुटपाट गरेको छ ।

जिल्लाका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार आज बिहान करीब साढे १ बजेतिर जलेश्वर नपा–१० सारीगाउँ बस्ने नवीन ठाकुरको घरमा चार÷पाँच जनाको समूहमा आएका चोरले रु पाँच लाख ६९ हजार बराबरको सुनचाँदीका गरगहना र नगद लुटेर लगेका छन् ।

उनका अनुसार मुखमा मास्क लगाएर आएका चोरले ठाकुरको एकतले घरमा रहेको झ्यालको रड बाङ्गो पारेर घरभित्र प्रवेश गरी घरमा सुतिरहेका तीन सदस्यलाई नियन्त्रणमा लिएर लुटपाट गरेका हुन् । चोरले ठाकुरको घरबाट सुनको दुई तोलाको हार एक थान, सुनको ६ आनाको झुम्का एक थान, सुनको चार आनाको औँठी एक थान, सुनको एक तोलाको टप एक थान, सुनको एक तोलाको मोती एक थान, सुनको दुई तोलाको हनुमानी दुई थान, सुनको दुई तोलाको बाला एक जोडा मूल्य, चाँदीको ४० तोलाको हँसुली घाँटीमा लगाउने गहना एक थान, चाँदीको १८ तोलाको पाउजु दुई थान, नोकिया कम्पनीको मोबाइल दुई थान र नगद रु पाँच हजार गरी जम्मा रु पाँच लाख ६९ हजार बराबरको लुटपाट गरी लगेको प्रहरी उपरीक्षक कार्कीले बताए ।

घटना घटेलगत्तै बिहान साढे २ बजे जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विज्ञान बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको र चोरको व्यापक खोजतलास गर्नुका साथै घटनाबारे विशेष अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए । घरपरिवारका सदस्यलाई कुटपिट अथवा कुनै घाउचोट नपु¥याएकाले ती चोर चिनजानकै हुनुपर्ने प्रहरी उपरीक्षक कार्कीले दाबी गर्दै चाँडै ती चोर पत्ता लाग्ने बताए ।

महोत्तरीका ११ सीमानाका सिल

भारतमा भइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै महोत्तरी जिल्लासँग जोडिएका ११ सीमानाका आज बिहानदेखि सिल गरिएको छ । भारतको बिहार राज्यको विभिन्न लोकसभा सिटमा भोलि हुने निर्वाचनलाई ध्यानमा राख्दै आज बिहान ५ बजेदेखि भोलि साँझ ५ बजेसम्मका लागि महोत्तरीका सीमानाका सिल गर्नुका साथै सीमानाका क्षेत्रमा उच्च सतर्कता अपनाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

भारतको विहार राज्यको सीतामढी मधुबनी जिल्लासँग सीमा जोडिएको महोत्तरीको ११ वटै नाकामा सिल गरिएको छ ।

अहिले सीमानाकामा नेपाल–भारत दुवैतर्फ उल्लेख्य रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने अत्यावश्यक सेवाबाहेकका सवारी र मानिसको आवतजावतमा रोक लगाइएको छ भने सीमा क्षेत्रको नेपाली बजारमा मदिरा पदार्थको बेचबिखनमा पनि रोक लगाइएको छ ।

वि.सं.२०७६ वैशाख २२ आइतवार ११:०६ मा प्रकाशित

केही तत्वहरु राजतन्त्र फर्काउन सक्रिय छन्-अध्यक्ष ओली

केही तत्वहरु राजतन्त्र फर्काउन सक्रिय छन्-अध्यक्ष ओली

डडेल्धुरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकले गणतन्त्रमार्फत...

किसानको गुनासो-कफीले प्रतिफल दिएन

किसानको गुनासो-कफीले प्रतिफल दिएन

गुल्मी । चिसो मौसम सुरु भएसँगैै गुल्मीका कफी किसानलाई चिन्ता...

काभ्रेमा एचआइभी एड्सविरुद्ध सचेतना

काभ्रेमा एचआइभी एड्सविरुद्ध सचेतना

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोककमा विश्व एड्स दिवसका अवसरमा आज बनेपाका विद्यार्थीलाई...

हात्तीले कुल्चिदा वनका चौकीदारको मृत्यु

हात्तीले कुल्चिदा वनका चौकीदारको मृत्यु

झापा । झापाको हल्दिबारी गाउँपालिका-३ स्थित रणकाली सामुदायिक वनमा कार्यरत...

एचआइभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छ : स्वास्थ्यमन्त्री बस्नेत

एचआइभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एचआइभी नियन्त्रणमा नेपालले...

पालिकाद्वारा अन्नपूर्ण हिमालको ‘रोयल्टी’ दाबी

पालिकाद्वारा अन्नपूर्ण हिमालको ‘रोयल्टी’ दाबी

नारच्याङ (म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमाल आरोहणको रोयल्टी...