back
CTIZAN AD

पाँच लाखको लुटपाट

वि.सं.२०७६ वैशाख २२ आइतवार

948 

shares

२२ वैशाख, गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१० सारीगाउँमा आज बिहान चोरहरुको एक समूहले एक घरपरिवारका सदस्यलाई नियन्त्रणमा लिएर रु पाँच लाख बढीको लुटपाट गरेको छ ।

जिल्लाका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार आज बिहान करीब साढे १ बजेतिर जलेश्वर नपा–१० सारीगाउँ बस्ने नवीन ठाकुरको घरमा चार÷पाँच जनाको समूहमा आएका चोरले रु पाँच लाख ६९ हजार बराबरको सुनचाँदीका गरगहना र नगद लुटेर लगेका छन् ।

उनका अनुसार मुखमा मास्क लगाएर आएका चोरले ठाकुरको एकतले घरमा रहेको झ्यालको रड बाङ्गो पारेर घरभित्र प्रवेश गरी घरमा सुतिरहेका तीन सदस्यलाई नियन्त्रणमा लिएर लुटपाट गरेका हुन् । चोरले ठाकुरको घरबाट सुनको दुई तोलाको हार एक थान, सुनको ६ आनाको झुम्का एक थान, सुनको चार आनाको औँठी एक थान, सुनको एक तोलाको टप एक थान, सुनको एक तोलाको मोती एक थान, सुनको दुई तोलाको हनुमानी दुई थान, सुनको दुई तोलाको बाला एक जोडा मूल्य, चाँदीको ४० तोलाको हँसुली घाँटीमा लगाउने गहना एक थान, चाँदीको १८ तोलाको पाउजु दुई थान, नोकिया कम्पनीको मोबाइल दुई थान र नगद रु पाँच हजार गरी जम्मा रु पाँच लाख ६९ हजार बराबरको लुटपाट गरी लगेको प्रहरी उपरीक्षक कार्कीले बताए ।

घटना घटेलगत्तै बिहान साढे २ बजे जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विज्ञान बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको र चोरको व्यापक खोजतलास गर्नुका साथै घटनाबारे विशेष अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए । घरपरिवारका सदस्यलाई कुटपिट अथवा कुनै घाउचोट नपु¥याएकाले ती चोर चिनजानकै हुनुपर्ने प्रहरी उपरीक्षक कार्कीले दाबी गर्दै चाँडै ती चोर पत्ता लाग्ने बताए ।

महोत्तरीका ११ सीमानाका सिल

भारतमा भइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै महोत्तरी जिल्लासँग जोडिएका ११ सीमानाका आज बिहानदेखि सिल गरिएको छ । भारतको बिहार राज्यको विभिन्न लोकसभा सिटमा भोलि हुने निर्वाचनलाई ध्यानमा राख्दै आज बिहान ५ बजेदेखि भोलि साँझ ५ बजेसम्मका लागि महोत्तरीका सीमानाका सिल गर्नुका साथै सीमानाका क्षेत्रमा उच्च सतर्कता अपनाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

भारतको विहार राज्यको सीतामढी मधुबनी जिल्लासँग सीमा जोडिएको महोत्तरीको ११ वटै नाकामा सिल गरिएको छ ।

अहिले सीमानाकामा नेपाल–भारत दुवैतर्फ उल्लेख्य रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने अत्यावश्यक सेवाबाहेकका सवारी र मानिसको आवतजावतमा रोक लगाइएको छ भने सीमा क्षेत्रको नेपाली बजारमा मदिरा पदार्थको बेचबिखनमा पनि रोक लगाइएको छ ।

वि.सं.२०७६ वैशाख २२ आइतवार ११:०६ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...