back
CTIZAN AD

नेपाललाई विश्वमा चिनाउन खेल क्षेत्रको महत्वपूर्ण भूमिका

वि.सं.२०७६ वैशाख २२ आइतवार

798 

shares

२२ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले नेपाललाई विश्वमा चिनाउन खेल क्षेत्रको ठूलो भूमिका रहेको बताएका छन् ।

नमूना युवा क्लब भैरवस्थान सुर्खेतद्वारा आज यहाँ आयोजित कर्णाली प्रदेशको सबैभन्दा ठूलो राशिको ब्याडमिन्टन खेल प्रतियोगिताको उद्घाटन गर्दै सामाजिक विकासमन्त्री रावलले खेल क्षेत्रको महत्वपूर्ण योगदानले नेपाल र नेपालीको स्वाभिमान उचालिएको बताए । “स्वस्थ नागरिक उत्पादन गर्न र राष्ट्रको पहिचान देखाउन खेल र खेलाडीको ठूलो भूमिका छ”, मन्त्री रावलले भने, “यस क्षेत्रको विकासलाई कर्णाली प्रदेश सरकारले प्राथमिकतामा राखेको छ ।”

वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतका अध्यक्ष निलकण्ठ खनालले सभ्य, विकसित र स्वस्थ समाज निर्माणमा खेल क्षेत्रले सहयोग गर्ने बताए । “समाजमा कुलतमा फसेका युवालाई खेलका माध्यमबाट असल नागरिक बनाउँछौँ”, अध्यक्ष खनालले भने, “यसका लागि आगामी दिनमा स्थानीय सरकारले पनि यी यस्तै अतिरिक्त क्षेत्रमा बजेट विनियोजन गर्छ ।”

नमूना युवा क्लब सञ्चालक समितिका सदस्य गङ्गाराम तिमिल्सिनाले राष्ट्रको गौरव बढाउन, व्यक्तिको शारीरिक र मानसिक रूपमा स्वस्थ बनाएर समुन्न समाज निर्माण गर्ने उद्देश्यले ब्याटमिन्टन खेलको आयोजना गरिएको बताए । उनका अनुसार खेलमा ३७ टोलीको सहभागिता रहेको छ । पहिलोपटक सञ्चालन गरिएको यस खेलको राशि रु दुई लाखको रहेको आयोजकले जनाएको छ ।

वि.सं.२०७६ वैशाख २२ आइतवार १०:४९ मा प्रकाशित

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...