back
CTIZAN AD

महिला वडाध्यक्षहरु सुशासनमा अब्बल

वि.सं.२०७६ वैशाख २२ आइतवार

813 

shares

२२ वैशाख, भद्रपुर । झापाका महिला वडाध्यक्षहरुले सुशासन र विकास निर्माणका प्रशंसनीय कार्य गरेका छन् । कार्यसम्पादनको क्रममा महिला भएकै कारण पुरुषबाट विभेद व्यहोर्नुपरेको उनीहरुको गुनासो पनि छ ।

पन्ध्र स्थानीय तह भएको झापामा १३१ वडा एकाइमध्ये वडाध्यक्ष पदमा तीन मात्र महिला छन् । भद्रपुरको वडा नं ३ मा कमला थुलुङ, विर्तामोडको वडा नं ९ मा पवित्रा पाठक र हल्दिबारीको वडा नं ३ मा रोशनी शिवाकोटी वडाध्यक्ष छन् ।

“आर्थिक अनियमितता गर्दैनौँ र खानपानमा हामी लोभिदैनौँ”, तीन पुरुष प्रतिस्पर्धीलाई चुनावमा जितेर आएकी विर्तामोड–९ की वडाध्यक्ष पाठक भन्छिन्, “महिलालाई वडाध्यक्ष बनाउनु हुँदैन, यिनीहरुले काम गर्न सक्दैनन्, जान्दैनन् भनेर हिजो हेप्नेहरु आज हाम्रो कामको प्रगति देखेर चुपचाप छन् ।”

महिला अध्यक्ष भएको वडा तहमा सुशासन र विकास निर्माणले गति लिएको उनीहरुको दाबी छ । वडाध्यक्ष पाठकले आफ्नो वडामा कुनै पनि उपभोक्ता समिति गठन गर्नुपर्दा महिलालाई अनिवार्य कोषाध्यक्ष पद दिनुपर्ने र बैंकिङ कारोवारमा कोषाध्यक्षको हस्ताक्षर अनिवार्य हुनुपर्ने नियम लागू गरेको बताइन् । ३३ प्रतिशत महिला नभएको उपभोक्ता समिति मान्य नहुने समेत उनको वडामा नियम छ ।

हल्दिवारी–३ की अध्यक्ष रोशनी शिवाकोटी जनताको काममा व्यस्त छिन् । उनी वडाध्यक्ष पदमा निर्वाचित हुनुअगावै गाउँमा जुवातास निषेध गराउन महिलाको जुलुस निकालेर तासका अखडामा हमला गर्ने साहसी महिलाको रुपमा चिनिएकी थिइन् । सो वडामा ७० वर्ष माथिका ज्येष्ठ नागरिकले भने मनोरञ्जनको रुपमा तास खेल्न पाउँछन् ।

उनको वडा कार्यालयमा आउने सेवाग्राहीप्रति कर्मचारीले रुखो व्यवहार कहिल्यै गर्दैनन् । वडामा सडक, शिक्षा, महिला सशक्तीकरणमा बजेटको ठूलो अंश छुट्याएर जनताको सेवक भएर कार्य गरिरहेको बताउने उनलाई प्रक्रिया नपु¥याई नागरिकताको सिफारिश लिन आउने पुरुषले हालै भौतिक आक्रमणको प्रयाससमेत गरेका थिए ।

“म बिराउँदिन, कसैसँग डराउँदिन”, वडाध्यक्ष शिवाकोटी भन्छिन्, “गाउँमा आएको बजेट एक पैसा यताउता नगरी विकास निर्माणमा खर्च गरिनुपर्छ भनेर लागिपर्दा मविरुद्ध अख्तियारमा दुईपटक मुद्दा दर्ता गरिएपनि म जनताको निस्वार्थ सेवाबाट विचलित भएकी छैन ।”

उनले ‘हल्दिबारीका महिला, विकासमा पहिला’ भन्ने नाराका साथ जनप्रतिनिधिको भूमिका निर्वाह गरिरहेको बताइन् । गाउँमा हिंसापीडित महिलाको सङ्ख्या धेरै रहेको र पीडितलाई न्याय दिलाउनका निम्ति आफू घरघरै पुग्ने गरेको शिवाकोटी बताउछिन् ।

झापाका अधिकांश गाउँपालिका र नगरपालिकाले वडा तहका लागि सरदर रु एक करोड बजेट विनियोजन गरेका छन् । वडामा आएको बजेटको सही सदुपयोग गर्ने लक्ष्यमा अघि बढिरहेकि महिला वडाध्यक्ष घुस, कमिसन र मदिरा राखिएका भोजभतेरमा संलग्न नहुने र हुन नदिने बताउछिन् ।

भद्रपुर–३ की वडाध्यक्ष कमला थुलुङ कार्यपालिकाको बैठकमा आफ्ना कुरा राख्दा पुरुष जनप्रतिनिधिले ‘कति गनगनाएको’ भनेर हेप्ने प्रयास गरेको गुनासो सुनाउछिन् । पुरुष वडाध्यक्ष भएको वडामा भन्दा आफ्नो वडामा विकास निर्माणको लहर सिर्जना भएको उनी दाबी गर्छिन् ।

वि.सं.२०७६ वैशाख २२ आइतवार १२:२० मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...