back
CTIZAN AD

पहिले प्रधानमन्त्री, त्यसपछि बच्चा अनि बिहे अचम्म होइन त ?

वि.सं.२०७६ वैशाख २२ आइतवार

846 

shares

२२ बैशाख, काठमाडौं ।बिहे नगर्दै प्रधानमन्त्री यो सुनेर तपाईको मनमा प्रश्न उठ्ला, के विहे नगर्दै प्रधानमन्त्री बन्न हुन्न र ? तर, त्यस्तो होइन, बिहे नगर्दै पनि प्रधानमन्त्री बन्न सकिन्छ । प्रधानमन्त्री बन्नका लागि बिहे भइसकेको हुनैपर्ने पनि होइन । प्रधानमन्त्री बन्न त जनताको माया अनि मत चाहिन्छ ।

न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिण्डा पहिले प्रधानमन्त्री बनिन् त्यसपछि बच्चा जन्माइन् अनि अब केही सयमपछि छोरीका बाबुसँग बिबाह पनि गर्दैछिन ।

प्रधानमन्त्री पदमा रहँदा नै आमा बनेर चर्चा कमाएकी न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिण्डा अर्डरले आफ्नो पार्टनर क्लार्क गेफोर्डसँग एंगेजमेन्ट गरेकी छन् । यो कुरा प्रधानमन्त्री कार्यालयले पुष्टि पनि गरेको छ ।

तर, उनको मगनी भएको कुरा उनले आफै बताएकी होइनन् नत सचिवालयमार्फत् नै जनतालाई जानकारी दिन लगाएकी हुन् । शुक्रबारको एक कार्यक्रममा उनले बाया हातको औलाको बीचमा हिराको औठी लगाएकी थिइन् । त्यसै विषयालाई लिएर एक पत्रकारले यसको खोजी गरे । उनले प्रधानमन्त्रीको कार्यालयमा पनि यस बारेमा सोधखोज गरे । त्यसको जवाफमा उनलाई जैसिडाले क्लार्कसँग ईस्टरको बेला मगनी गरेको जानकारी दिइएको थियो ।
प्रधानमन्त्रीका मंगेतर क्लार्क गेर्फोड पेशाले टीवी प्रस्तोता हुन् । उनीहरु बिहे नगरे पनि लामो समयदेखि सँगै रहँदै आएका छन् । उनीहरुको एक वर्षकी छोरी पनि छन् ।

जेसिण्डा पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोपछि पदमा रहँदा सन्तान जन्माउने दोस्रो महिला प्रधानमन्त्री मानिन्छीन् ।

पाँच महिना अघि एक पत्रकारले उनलाई सोधेका थिए कि, ‘के तपाई क्लार्कसँग बिहेको प्रस्ताव राख्नु हुन्छ ?’ उनको जवाफ थियो–‘म राख्दिन, म चाहान्छु उनी आफैं विवाहको लागि प्रस्ताव गरुन् ।’

मगनीको खबर बाहिर आएपछि जेसिंडाले भनिन्–‘म धेरै खुसी छु, म धेरै भाग्यमानी हुँ । मैले यस्तो साथी पाए, मेरो साथमा यस्ता साथि छन् जो जिम्मेवारीका साथ मलाई साथ दिइरहेका छन् ।’

जेसिंडाले चार महिनाकी छोरीलाई काखमा लिएर संयुक्त राष्ट्रसंघको बैठकमा भाग लिएपछि अन्तर्राष्ट्रिय रुपमा चर्चामा आएकी थिइन् । जेसिंडाले संसारका कामकाजी महिलालाई यो सन्देश पनि दिएकी छन् कि, काम र जिम्मेवार पदमा रहेपनि एक महिलाले आमाको जिम्मेवारी राम्रोसँग निभाउन सक्छिन् ।

२८ वर्षमा संसदमा पुगेकी उनी न्युजिल्याण्डको क्राइस्टचर्चमा भएको हमलाका क्रममा पीडितका परिवारका घरमा पुगेर उनीहरुलाई अंगालोसहितको सान्त्वना दिदैं भनेकी थिइन्– ‘न्युजिल्याण्ड तपाईको घर हो ।’ यसले पनि उनको छवि दयालु प्रधानमन्त्रीको रुपमा संसारभर परिचित गराएको बताइन्छ । ऐजेन्सी

वि.सं.२०७६ वैशाख २२ आइतवार १२:०९ मा प्रकाशित

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...