
२३ बैशाख, लाहान । सिरहा नगरपालिका–१४ खिरौनाकी मनिषाकुमारी मण्डलको हत्या भएको माइती पक्षले आरोप लगाएको छ ।
विवाह भएको ६३ दिनमा गत विहिबार राति २१ वर्षीया मनिषा आफनै ओछ्यानमा मृत भेटिएकी थिइन् । उनका बाबु रघुनाथ मण्डलले छोरीलाई याता दिएर हत्या गरी ‘मृत अवस्थामा भेटिएको’ भन्ने देखाउने षडयन्त्र भएको आरोप लगाए ।
‘७ बैशाखमा ज्वाँइ छोरीलाई बिदा गरेको थिए,’ उनले भक्कानिदै भने, ‘यातनाको कारण छोरीको मृत्यु भएपछि बिरामी छे भन्ने खबर आयो, मोबाइलमा कुरा गर्न खोज्दा सुतिसकेको छ भन्दै सम्धिनीले कुरासमेत गर्न चाहिनन् ।’
मण्डलका अनुसार करिब १५ लाख मूल्य पर्ने घडेरी नौ लाखमा बेचेर एक्ली छोरी मनिषाको गत २६ फागुनमा भएको बिबाहमा कबोल अनुसारको चारआना सुन दिएको थिएन । ‘त्यहि सुनका कारण छोरीलाई घरमा पति, सासू, नन्दसहितले लगातार मानसिक तथा शारीरिक यातना दिन थालेको थाहा पाएपछि ३० चैतमा छोरीलाई घरमा ल्याएर ७ बैशाखमा बिदा गरेको थिए’ उनले भने ।
सोमबारको नयाँपत्रिका दैनिकमा सिरहाबाट मणिलाल विश्कर्माले लेखेका छन् ।
वि.सं.२०७६ वैशाख २३ सोमवार ०८:२० मा प्रकाशित






























