back
CTIZAN AD

तीन सय बढी क्षयरोगका बिरामी

वि.सं.२०७६ वैशाख २४ मंगलवार

609 

shares

२४ वैशाख, रोल्पा । रोल्पामा हरेक वर्ष ३०० बढी क्षयरोगका बिरामी देखिने गरेका छन् । यस्ता बिरामीमध्ये ९० प्रतिशत बढी उपचारपछि निको हुने गरेको पाइएको छ ।

स्वास्थ्य कार्यालय रोल्पाका अनुसार जिल्लामा १८७ यस्ता बिरामीमा खतरनाक कीटाणु देखिएको छ । यसैगरी फोक्सोमा क्षयरोग भएका ३३ बिरामीले उपचार गराएका छन् । तीन बिरामीको भने अन्य अङ्गमा यस्तो रोग देखिएको स्वास्थ्य कार्यालय रोल्पाका सूचना अधिकारी नोखराज पोखरेलले जानकारी दिए ।

क्षयरोग परीक्षणमा आउनेमध्ये ९८ प्रतिशतलाई एचआइभीको समेत परीक्षण गरिएको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । जिल्लामा एक हजार ६४४ शङ्कास्पद क्षयरोगका बिरामीले खकार परीक्षण गराएका थिए । क्षयरोग परीक्षणका लागि खकार सङ्कलन गरी कुरियरमार्फत पठाउने गरिएको सूचना अधिकारी पोखरेलले जानकारी दिए । “खकार परीक्षणको सुविधा सबै ठाउँमा उपलब्ध नहुँदा यस्तो सेवा दिने गरेका छौँ”, पोखरेलले बताए । जिल्लाको पूर्वी र दक्षिणी भागमा क्षयरोगका बिरामी बढी देखिएको स्वास्थ्य कार्यालयलले जनाएको छ । शारीरिक अवस्था कमजोर भएका व्यक्तिमा यस्तो रोग लाग्ने गरेको बताइन्छ ।

वि.सं.२०७६ वैशाख २४ मंगलवार ११:२३ मा प्रकाशित

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार...

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन । यहाँस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति,‘रजिष्ट्रार’...

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

काभ्रेपलाञ्चोक । काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ...