back

तीन सय बढी क्षयरोगका बिरामी

वि.सं.२०७६ वैशाख २४ मंगलवार

33 

shares

२४ वैशाख, रोल्पा । रोल्पामा हरेक वर्ष ३०० बढी क्षयरोगका बिरामी देखिने गरेका छन् । यस्ता बिरामीमध्ये ९० प्रतिशत बढी उपचारपछि निको हुने गरेको पाइएको छ ।

स्वास्थ्य कार्यालय रोल्पाका अनुसार जिल्लामा १८७ यस्ता बिरामीमा खतरनाक कीटाणु देखिएको छ । यसैगरी फोक्सोमा क्षयरोग भएका ३३ बिरामीले उपचार गराएका छन् । तीन बिरामीको भने अन्य अङ्गमा यस्तो रोग देखिएको स्वास्थ्य कार्यालय रोल्पाका सूचना अधिकारी नोखराज पोखरेलले जानकारी दिए ।

क्षयरोग परीक्षणमा आउनेमध्ये ९८ प्रतिशतलाई एचआइभीको समेत परीक्षण गरिएको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । जिल्लामा एक हजार ६४४ शङ्कास्पद क्षयरोगका बिरामीले खकार परीक्षण गराएका थिए । क्षयरोग परीक्षणका लागि खकार सङ्कलन गरी कुरियरमार्फत पठाउने गरिएको सूचना अधिकारी पोखरेलले जानकारी दिए । “खकार परीक्षणको सुविधा सबै ठाउँमा उपलब्ध नहुँदा यस्तो सेवा दिने गरेका छौँ”, पोखरेलले बताए । जिल्लाको पूर्वी र दक्षिणी भागमा क्षयरोगका बिरामी बढी देखिएको स्वास्थ्य कार्यालयलले जनाएको छ । शारीरिक अवस्था कमजोर भएका व्यक्तिमा यस्तो रोग लाग्ने गरेको बताइन्छ ।

वि.सं.२०७६ वैशाख २४ मंगलवार ११:२३ मा प्रकाशित

केयूले ल्याएको हाइड्रोजन कार

केयूले ल्याएको हाइड्रोजन कार

काठमाडौँ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको...

गुणस्तरीय सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्छ : मन्त्री शर्मा

गुणस्तरीय सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्छ : मन्त्री शर्मा

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताको सबैभन्दा...

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

चितवन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने...

हिमालय एयरलाइन्सको काठमाडौँ-साङ्घाई उडान सुरु

हिमालय एयरलाइन्सको काठमाडौँ-साङ्घाई उडान सुरु

काठमाडौँ । हिमालय एयरलाइन्सले चीनको साङ्घाई सहरमा सिधा उडान सुरु...

बसको ठक्करबाट दुई जनाको मृत्यु

बसको ठक्करबाट दुई जनाको मृत्यु

लुम्बिनी । रूपन्देहीको लुम्बिनीमा स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान...

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप...