back

औषधिको म्याद बाटोमै गुज्रियो

वि.सं.२०७६ वैशाख २६ बिहीवार

27 

shares

२६ वैशाख, जाजरकोट । जिल्ला स्वास्थ्य कार्यालय, जाजरकोटले महामारी हुन सक्ने ठाउँमा पठाएको औषधि, बाटोमै म्याद गएको खुलासा भएको छ । जिल्लामा महामारी हुनसक्ने सम्भावित ठाउँमा तयारी हालतमा राखी पठाउने भन्दै राखिएको औषधि बाटोमै म्याद गुज्रेपछि समस्य भएको हो ।

गर्मीयाम शुरु भएसँगै जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा झाडापखाला, टाइफाइट, ज्वरोजस्ता समस्या देखिन थालेपछि औषधि अभाव हुन नदिन जिल्लाका मुख्यमुख्य ठाउँमा तयारी हालतमा राखिएको औषधि म्याद गुज्रेको पाइएको हो ।

जिल्लाका सात वटा स्थानीय तहमा स्वास्थ्य कार्यालय, जाजरकोटले पठाएको औषधि म्याद नाघेका हो । अधिकांश औषधिको म्याद हप्ता दिन मात्र बाँकी रहेको छ भने केही औषधिको म्याद सकिएको पाइएको छ । स्टासेफ नामक औषधि बढी म्याद गुज्रेको पाइएको नगरस्वास्थ्य शाखा नलगाड नगरपालिकाका प्रचण्ड कार्कीले जानकारी दिए ।

नलगाड नगरपालिकाको दल्ली, लहँ र चौखामा पठाएको औषधिमा म्याद गुर्जेको खबर आएको कार्कीले बताए । उनले भने, “बाटोमै म्याद गुज्र्रेको पठाएको औषधि जम्मा गरेर राख्न र प्रयोग नगर्न भनिएको छ, स्वास्थ्य कार्यालयबाट आएको औषधिमा त्यस्तो समस्या छ ।”

जाजरकोटका दुर्गम गाउँमा पठाएको औषधि त्यस्तो भएमा तत्काल वितरण रोक्नका लागि पहल गर्ने स्वास्थ्य प्रमुख गौरव ढकालले बताए । उनले भने, “सबै ठाउँमा सो औषधि पठाएको छ, म्याद गुज्र्रेको भए तत्काल रोक्ने पहिलो काम हुनेछ ।”

गर्मी मौसम शुरु भएसँगै जिल्लाका अधिकांश ठाउँमा बिरामीको चाप बढेको छ । औषधि कम हुन नदिनका लागि पठाएका औषधि बाटोमै म्याद गुज्र्रेपछि कसरी उपचार गर्ने भनेर समस्यमा परेको स्वास्थ्य चौकी चौखाले बताएको छ । औषधि वितरण गर्दा ध्यान नदिएको भन्दै नागरिक अगुवाले आक्रोश व्यक्त गरेका छन् ।

मानव स्वास्थ्यमाथिको वेवास्ता गरिएको भन्दै नागरिक अगुवा राजेन्द्रविक्रम शाहले भने, “वर्षांैदेखि स्वास्थ्य कार्यालयले म्याद गुज्र्रेका औषधि वितरण गर्दै आएको थियो । अहिले पनि स्थानीय सरकारलाई साछी राखेर औषधि वितरण भएको छ, यो चरण अमानवीय खेल हो ।”

वि.सं.२०७६ वैशाख २६ बिहीवार १०:२९ मा प्रकाशित

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

विराटनगर । कोशी प्रदेश सरकारका तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाँट गरिएको...

तीन वर्षदेखि प्राविधिक नहुँदा पूर्वाधारसम्बन्धी काम प्रभावित

तीन वर्षदेखि प्राविधिक नहुँदा पूर्वाधारसम्बन्धी काम प्रभावित

पर्वत । भौतिक विकास निर्माण तथा पूर्वाधारसम्बन्धी काम गर्ने प्रमुख...

७० वर्ष पुगेपछि चाहियो नागरिकता

७० वर्ष पुगेपछि चाहियो नागरिकता

सिरहा । धनगढीमाई नगरपालिका-१४ सर्रे अम्बासकी आसमान राई ७० वर्ष...

सडक बत्तीको बक्यौता पालिकाबाटै लिन प्राधिकरणलाई मन्त्रालय निर्देशन

सडक बत्तीको बक्यौता पालिकाबाटै लिन प्राधिकरणलाई मन्त्रालय निर्देशन

काठमाडौँ । अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै...

आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी सुरु

आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी सुरु

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते बिहीबार हुने...

विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग गर्नु सकारात्मक : नेता निधी

विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग गर्नु सकारात्मक : नेता निधी

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधीले विदेशमा...