back
CTIZAN AD

औषधिको म्याद बाटोमै गुज्रियो

वि.सं.२०७६ वैशाख २६ बिहीवार

624 

shares

२६ वैशाख, जाजरकोट । जिल्ला स्वास्थ्य कार्यालय, जाजरकोटले महामारी हुन सक्ने ठाउँमा पठाएको औषधि, बाटोमै म्याद गएको खुलासा भएको छ । जिल्लामा महामारी हुनसक्ने सम्भावित ठाउँमा तयारी हालतमा राखी पठाउने भन्दै राखिएको औषधि बाटोमै म्याद गुज्रेपछि समस्य भएको हो ।

गर्मीयाम शुरु भएसँगै जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा झाडापखाला, टाइफाइट, ज्वरोजस्ता समस्या देखिन थालेपछि औषधि अभाव हुन नदिन जिल्लाका मुख्यमुख्य ठाउँमा तयारी हालतमा राखिएको औषधि म्याद गुज्रेको पाइएको हो ।

जिल्लाका सात वटा स्थानीय तहमा स्वास्थ्य कार्यालय, जाजरकोटले पठाएको औषधि म्याद नाघेका हो । अधिकांश औषधिको म्याद हप्ता दिन मात्र बाँकी रहेको छ भने केही औषधिको म्याद सकिएको पाइएको छ । स्टासेफ नामक औषधि बढी म्याद गुज्रेको पाइएको नगरस्वास्थ्य शाखा नलगाड नगरपालिकाका प्रचण्ड कार्कीले जानकारी दिए ।

नलगाड नगरपालिकाको दल्ली, लहँ र चौखामा पठाएको औषधिमा म्याद गुर्जेको खबर आएको कार्कीले बताए । उनले भने, “बाटोमै म्याद गुज्र्रेको पठाएको औषधि जम्मा गरेर राख्न र प्रयोग नगर्न भनिएको छ, स्वास्थ्य कार्यालयबाट आएको औषधिमा त्यस्तो समस्या छ ।”

जाजरकोटका दुर्गम गाउँमा पठाएको औषधि त्यस्तो भएमा तत्काल वितरण रोक्नका लागि पहल गर्ने स्वास्थ्य प्रमुख गौरव ढकालले बताए । उनले भने, “सबै ठाउँमा सो औषधि पठाएको छ, म्याद गुज्र्रेको भए तत्काल रोक्ने पहिलो काम हुनेछ ।”

गर्मी मौसम शुरु भएसँगै जिल्लाका अधिकांश ठाउँमा बिरामीको चाप बढेको छ । औषधि कम हुन नदिनका लागि पठाएका औषधि बाटोमै म्याद गुज्र्रेपछि कसरी उपचार गर्ने भनेर समस्यमा परेको स्वास्थ्य चौकी चौखाले बताएको छ । औषधि वितरण गर्दा ध्यान नदिएको भन्दै नागरिक अगुवाले आक्रोश व्यक्त गरेका छन् ।

मानव स्वास्थ्यमाथिको वेवास्ता गरिएको भन्दै नागरिक अगुवा राजेन्द्रविक्रम शाहले भने, “वर्षांैदेखि स्वास्थ्य कार्यालयले म्याद गुज्र्रेका औषधि वितरण गर्दै आएको थियो । अहिले पनि स्थानीय सरकारलाई साछी राखेर औषधि वितरण भएको छ, यो चरण अमानवीय खेल हो ।”

वि.सं.२०७६ वैशाख २६ बिहीवार १०:२९ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...