back

विद्युत् नियमन आयोगमा अध्यक्षसहित सदस्य नियुक्त

वि.सं.२०७६ वैशाख २६ बिहीवार

27 

shares


२६ वैशाख, काठमाडौँ । सरकारले ऊर्जा क्षेत्रको नियमन निकायका रूपमा रहेको विद्युत् नियमन आयोगलाई पूर्णता दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगका अध्यक्ष र चार सदस्यको नियुक्ति गरेको हो ।

आयोगको अध्यक्षमा दिल्लीबहादुर सिंह नियुक्त भएका छन् । सिंह विद्युत् विकास विभागको पूर्वमहानिर्देशक हुन् । त्यसैगरी सदस्यमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक रामप्रसाद धिताल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक रामेश्वरप्रसाद कलवार, रामकृष्ण खतिवडा र भगीरथी भट्टराई ज्ञवाली नियुक्त भएका छन् ।

आयोगका नवनियुक्त पदाधिकारीले बुधबारै पद तथा गोपनियताको शपथ गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्री वर्षमान पुनले आयोगका नवनियुक्त अध्यक्ष सिंहलाई शपथ गराए ।

त्यसैगरी अध्यक्ष सिंहले आयोगका नवनियुक्त सदस्य धिताल, कलवार, खतिवडा र भट्टराई (ज्ञवाली)लाई पद तथा गोपनियताको शपथ गराएका थिए । आयोगका नवनियुक्त पदाधिकारीले बिहीबार पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । नवनियुक्त अध्यक्ष सिंहले पदाधिकारीको अनुभव, क्षमता र विशेषज्ञताका आधारमा कामको बाँडफाँड गरी प्रभावकारी कार्यसम्पादन गरिने बताए ।

सरकारले समग्र ऊर्जा क्षेत्रलाई व्यस्थित बनाउन २०७४ भदौ १९ गते ‘विद्युत् नियमन आयोग ऐन, २०७४’ जारी गरेको थियो । आयोगले विद्युत्को उत्पादन, प्रसारण, वितरण वा व्यापार सम्बन्धमा नियमन गर्न प्राविधिक व्यवस्थापन गर्ने, महसुल निर्धारण गर्ने तथा विद्युत् खरीद बिक्रीको नियमन गर्ने, उत्पादकबीच प्रतिस्पर्धा कायम गरी उपभोक्ताको हित संरक्षण गर्ने, ऊर्जा क्षेत्रसँग सम्बन्धित नियकाबीच आएका विवाद समाधान गर्नेलगायत काम गर्नेछ ।

आयोगका अध्यक्ष तथा सदस्यको पदावधि पाँच वर्षको रहेको छ ।

वि.सं.२०७६ वैशाख २६ बिहीवार १०:२१ मा प्रकाशित

अपाङ्गता भएका यात्रुलाई नेपाल एयरलाईन्सले हवाई भाडामा छुट दिने

अपाङ्गता भएका यात्रुलाई नेपाल एयरलाईन्सले हवाई भाडामा छुट दिने

काठमाडौँ । नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका...

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

विराटनगर । कोशी प्रदेश सरकारका तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाँट गरिएको...

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौँ । यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक...

योजना आयोगमा जिम्मेवारी बाँडफाँट, कस्ले के जिम्मेवारी पाए ?

योजना आयोगमा जिम्मेवारी बाँडफाँट, कस्ले के जिम्मेवारी पाए ?

काठमाडौं । योजना आयोगका सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरिएको छ ।...

दूरसंचार प्राधिकरणले दियो ३० कम्पनीलाई सातदिने अल्टिमेटम

दूरसंचार प्राधिकरणले दियो ३० कम्पनीलाई सातदिने अल्टिमेटम

काठमाडौं । दुरसंचार प्राधिकरणले दूरसंचार सेवा प्रदायक ३० कम्पनीलाई सातदिन...

कोप-२८ सकेर आज स्वदेश फर्किदै प्रधानमन्त्री ‘प्रचण्ड’

कोप-२८ सकेर आज स्वदेश फर्किदै प्रधानमन्त्री ‘प्रचण्ड’

  काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ...