back
CTIZAN AD

शान्ति प्रक्रिया टु्ङ्गिएर विश्वमा नमूना बनोस् : अध्यक्ष दाहाल

वि.सं.२०७६ वैशाख २६ बिहीवार

816 

shares

 

२६ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न कारणले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविनसम्बन्धीका विषय टुङ्गिन बाँकी रहेकाले चाँडै नै बाँकी काम पूरा गरी विश्वमै उदाहरणीय बनाउनुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले शान्ति प्रक्रियाका केही कुरा पूरा गर्न बाँकी रहेको उल्लेख गर्दै आफैँले शुरु गरेको शान्ति प्रक्रिया पूरा गर्न सहयोगी हातको खाँचो रहेको औँल्याए । दिवङ्गत मानव अधिकारवादी नेता पद्ममरत्न तुलाधरको जीवनीमा जितेन्द्र रसिकद्वारा लिखित पुस्तक ‘सर्वरत्न’को बुधबार लोकार्पण गर्दै अध्यक्ष दाहालले विविध कारणले सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगले काम गर्न नसकेकाकाले ऐन संशोधन र दुवै आयोग बनाउने प्रक्रिया अघि बढेको जानकारी दिए ।

उनले विगतमा जसरी पद्ममरत्न तुलाधर र दमनाथ ढुङ्गानाले सहजकर्ताको भूमिका निभाएर शान्ति प्रक्रिया अगाडि बढ्यो त्यसैगरी ढुङ्गाना, चरण प्रसार्इंलगायतले भूमिका खेल्ने बेला आएको बताए । “म सबैसँग अपिल गर्न चाहन्छु, अन्तर्राष्ट्रिय मान्यता सत्यनिरुपण र मेलमिलापसम्बन्धी नेपालको राष्ट्रिय आवश्यकता, हामी आफैँले गरेको शान्ति प्रक्रिया र त्यसको पनि निकै संवेदनशील तथा जटिल पक्ष सेना समाजोजन, हतियार व्यवस्थापन, लोकतान्तिकीकरण तथा मानव अधिकारलाई सम्मान गरेर निष्कर्षमा पु¥याउन आम नेपालीको हात जुटोस्”, उनले भने ।

“एकपटक र सधैँका लागि यो प्रक्रिया टुङ्ग्याइयोस् र नेपालको शान्ति र यसका निष्कर्ष विश्वभरि उदाहरण बन्न सकुन्, म दमनजी र चरण जीलाई सहयोगका लागि अपिल गर्न चाहन्छु,” अध्यक्ष दाहालले भने । शान्ति प्रक्रिया टुङ््याउनु पनि तुलाधरलाई सच्चा श्रद्धाञ्जलि हुने उल्लेख गर्दै उनले बुधबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलसँगको भेटमा तुलाधरले देशमा गरेको योगदान र उनीप्रतिको सरकारको सम्मानमा तालमेल नभएको हो कि भन्ने चर्चा भएको जानकारी गराए । अध्यक्ष दाहालले उनको बहुआयामिक व्यक्तित्व र योगदानका बारेमा राज्यकोतर्फबाट गर्ने भूमिकाबारे एकपटक राम्रै छलफल गर्नुपर्छ भन्ने विषयमा मा सबै गम्भीर रहेका छौं भने ।

तुलाधर भाषा र पहिचानको आन्दोलन, प्रेस स्वतन्त्रता, मानव अधिकार, राजनीतिककर्मी, अधिकारका निम्ति लड्ने, नागरिक आन्दोलनका अगुवा तथा साहित्यकरूपमा बहुआयामिक व्यक्ति भएको अध्यक्ष दाहालले स्मरण गरे । इमान्दारिता, सरलता र भावुकताका दृष्टिले देशभक्त र लोकतन्त्रवादी नेता भएको चर्चा गर्दै, तुलाधर र दमनाथ ढुङ्गानाको सक्रियता र योगदान नभएको भए शान्ति र लोकतान्त्रिककीरणको प्रक्रिया अगाडि आउन गाह्रो हुने उनले स्मरण गरे ।

भूमिगतरूपमा आफूलाई भेटी शान्ति प्रक्रियामा जानुपर्छ भनेर उत्प्रेरित गर्ने, विश्वास र भरोसा पनि गर्ने र कमजोरी केलाउन सक्ने भएकै कारणले उनलाई अभिभावकको रूपमा आफुले सम्झने गरेको दाहालले बताए । फरक प्रसङ्ग जोड्दै अध्यक्ष दाहालले बालुवाटारलगायत देशका धेरै क्षेत्रका जग्गाको सम्बन्धमा अहिले पार्टीले छलफल केन्द्रित गरेकोसमेत जानकारी दिए ।

पुस्तक लोकार्पणमा आफ्ना भनाई राख्दै मानव अधिकारकर्मी दमनाथ ढुङ्गानाले राष्ट्रको विकास र रुपान्तरणमा तुलाधरको योगदान अविस्मरणीय रहेको बताउँदै उनको स्मृतिमा प्रतिष्ठान स्थापना गर्ने भनेर यसअघि मन्त्रीबाट आएको कुरा व्यवहारमा लागू गर्न आग्रह गरे ।

अर्का अधिकारकर्मी मल्ल के सुन्दरले पुस्तकका बारेमा चर्चा गर्दै यसमा तुलधारको जीवनी, उनले विभिन्न कालखण्डमा गरेको भाषण र उनका विषयमा विभिन्न व्यक्तिले बोलेका कुरा पुस्तकमा समावेश भएको उल्लेख गरे । कार्यक्रममा लेखक जितेन्द्र रसिक र महिला अधिकारकर्मी स्टेला तामाङलेसमेत आफ्ना भनाइ राखेका थिए ।

वि.सं.२०७६ वैशाख २६ बिहीवार १०:१८ मा प्रकाशित

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...