back
CTIZAN AD

बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ

वि.सं.२०७६ वैशाख २६ बिहीवार

708 

shares

२६ वैशाख, काठमाडौँ। गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यको रूपमा प्रवद्र्धन गर्न प्रचारात्मक अभियान शुरु गरिएको छ । लुम्बिनी भ्रमण वर्ष मनाएर आन्तरिक पर्यटक आकर्षण गरी सोहीको आधारमा विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ अयिभान चलाइएको हो ।

‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ बारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनीको सम्पदाको संरक्षण र प्रवद्र्धन गरी आकर्षक पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने उद्देश्यले भ्रमण वर्ष अभियान ल्याइएको बताए । उनले यस वर्षको भ्रमण वर्ष अभियानमा आन्तरिक पर्यटन प्रवद्र्धन गरिने र त्यसैका आधारमा अन्तर्राष्ट्रिय पर्यटक आकर्षणका लागि प्रवद्र्धनात्मक कार्यक्रम ल्याइने उल्लेख गरे ।

मुख्यमन्त्री पोखरेलले पर्यटन संस्कृतिको विकास गर्ने उद्देश्यले शुरु गरिएको अभियालने लुम्बिनी आसपासका सम्पदा तथा नजिकका गन्तव्यकोसँगै प्रवद्र्धन गरिने जानकारी दिए । “यो अभियान मात्र हैन, आफैमा ऐतिहासिक सम्पदाको स्थापित गर्ने राष्ट्रिय अभियान भएकाले सफलतापूर्वक सम्पन्न गर्न सबैको सक्रियता जरुरी छ,” उनले भने ।

प्रदेश नं. ५ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले लुम्बिनीको आन्तरिक पर्यटन प्रवद्र्धनका साथै विदेशी पर्यटकको आकर्षण गरी उनीहरूको बसाइँ अवधि लम्ब्याउने उद्देश्यले आयोजित अभियानले सङ्घीय सरकारले घोषणा गरेको भ्रमण अभियानलाई सफल बनाउन महत्वपूर्ण आधार तयार गर्ने उल्लेख गरे ।

भ्रमणवर्ष प्रचारप्रसार उपसमितिका संयोजक एवम् राष्ट्रिय समाचार समिति (रासस) प्रदेश नं. ५ का प्रमुख भरत केसीले लुम्बिनीको अन्तर्राष्ट्रिय रूपमा प्रवद्र्धन गरी बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यका साथ अभियान शुरु गरिएको बताए ।

लुम्बिनीमा आगामी जेठ ४ गते विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको शुभारम्भ गर्नेछिन् । ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ’ भन्ने मूल नाराका साथ आयोजित अभियानअन्तर्गत मायादेवी प्रसूति उत्सव, लम्बिनी फुड फेस्टिबल, सुजाता खिर उत्सव, सडक प्रदर्शनी, मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्ज्वलन, मासिक फूल मून डे (पूर्णिमा) उत्सव, धार्मिक यात्रा, योग तथा स्थानीय शिविर र स्थानीय उत्पादनको विक्रीकक्ष रहने आयोजकले जनाएको छ ।

भ्रमण वर्षलाई प्रभावकारी बनाउन मूख्यमन्त्रीको संयोजकत्वमा मूल आयोजक समिति, कार्यकारी समिति तथा विभिन्न उपसमितिहरू गठन गरिएको छ ।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० लाई आधार प्रशस्त गर्ने, पर्यटनमार्फत समृद्धि हासिल गर्न टेवा पुग्ने, लुम्बिनी आउने पर्यटकको बसाई अवधि लम्ब्याउने तथा गौतमबुद्धको जन्मस्थल तथा बौद्ध दर्शन तथा शान्तिको उद्गम स्थलका रूपमा प्रचारी गरी लुम्बिनीलाई महत्वपूर्ण पर्यटकीय गन्तब्यको रूपमा विकास गर्ने भ्रमण वर्षको उद्देश्य रहेको छ ।

यसबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा लुम्बिनी क्षेत्रको प्रचार भई महत्व र विकास बढ्नुका साथै लुम्बिनी आउने पर्यटक बढ्ने, स्थानीय व्यापार प्रोत्साहन र रोजगारीको सिर्जना हुने अपेक्षा गरिएको छ । अभियानलाई प्रदेश सरकार, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, लुम्बिनी विकास कोष, लुम्बिनी भ्रमण वर्ष सचिवालय, स्थानीय तह, सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरूको सहकार्य रहेको छ ।

वि.सं.२०७६ वैशाख २६ बिहीवार १०:१३ मा प्रकाशित

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...