back

निवृत्तिपछिका सम्पूर्ण जिम्मेवारीको सुनिश्चितता सङ्घीय सरकारले लिने : मन्त्री पण्डित

वि.सं.२०७६ वैशाख २६ बिहीवार

39 

shares

२६ वैशाख, काठमाडौँ। सङघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका राष्ट्रसेवक कर्मचारीको वृत्ति विकासका लागि सम्पूर्ण ढोका खुला गरिने बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती  सेवाको  गठन, सञ्चालन र सेवाको शर्त सम्वन्धमा  व्यवस्था गर्न बनेको विधेयकमाथि बुधबार भएको छलफलमा उनले समायोजनमा गएका कर्मचारीको सेवा निवृत्तिपछिका सम्पूर्ण जिम्मेवारीको सुनिश्चितता सङ्घीय सरकारले लिने स्पष्ट गरे ।

मन्त्री पण्डितले भने, “समायोजनमा गएका कर्मचारीको खाईपाई आएका सेवा सुविधामा घट्न दिने छैनौं । कैँची चलाएर असमान हुने गरी काम गर्दैनौँ, प्रदेश र स्थानीय तहमा थप वृत्ति विकासको अवसर प्राप्त हुनेछ । समायोजनमा गएकालाई मर्का नपर्ने गरी ऐनमा व्यवस्था गरिन लागिएको छ ।”

सङ्घीय निजामती, प्रदेश निजामती र स्थानीय सेवा सम्बन्धमा संविधानले नै फरकफरक व्यवस्था गरेको हुँदा एउटै निजामती ऐन बनाउन मिल्दैन भन्दै उनले भने, “फरफफरक सेवामा रहेकालाई फेरी एउटै सेवामा ल्याउने भन्ने हो भने संविधान विपरित हुन्छ ।”

सोही मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले प्रदेश र स्थानीय तहका निजामतीलाई एउटै ऐन मातहत राख्दा सङ्घीयताको मर्म र भावना विपरीत हुने बताए । यसैबीच निजामती सेवाका कर्मचारीको परिवार भन्नाले सेवामा रहेका कर्मचारीको पति, पत्नी, आमा, बाबु र छोराछोरी भन्ने प्रावधान ऐनमा राख्ने विषयमा सहमति भएको छ । यसअघि  परिवार भन्ने खण्डमा रही आएको सौतेनी आमा भन्ने प्रावधान हटाउनुपर्छ भन्नेमा बैठकमा सदस्यबीच एउटै मत भएको थियो । उक्त ऐनमाथि ९५ सासदले ८२ वटा संशोधन दर्ता गराएका छन् ।

वि.सं.२०७६ वैशाख २६ बिहीवार १०:०८ मा प्रकाशित

बोलेराले मोटरसाइकललाई ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु, एक जना घाइते

बोलेराले मोटरसाइकललाई ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु, एक जना घाइते

भरतपुर । चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई...

मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री ‘प्रचण्ड’

मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकारको प्रत्याभूति दिलाउन...

भ्रष्टाचार निवारणका लागि अहिलेको प्रयत्न र परिणाम पूर्ण छैन : प्रधानमन्त्री ‘प्रचण्ड’

भ्रष्टाचार निवारणका लागि अहिलेको प्रयत्न र परिणाम पूर्ण छैन : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुआयामिकरूपमा रहेको भ्रष्टाचारलाई सरकारी,...

ठगी गरेको आरोपमा जनप्रतिनिधिसहित चार पक्राउ

ठगी गरेको आरोपमा जनप्रतिनिधिसहित चार पक्राउ

कास्की । पोखराका एक जनप्रतिनिधि ठगी मुद्दामा पक्राउ परेका छन्...

एनसेल प्रकरणमा आर्थिक लेनदेन भएको उपमहासचिव पुनको आरोप

एनसेल प्रकरणमा आर्थिक लेनदेन भएको उपमहासचिव पुनको आरोप

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले एनसेल खरिद–बिक्री...

१४ किलो सुन प्रकरण : छ सदस्यीय छानबिन समिति गठन

१४ किलो सुन प्रकरण : छ सदस्यीय छानबिन समिति गठन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएराति बरामद गरिएको करिब १४...