back
CTIZAN AD

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधन

वि.सं.२०७३ कात्तिक २८ आइतवार

942 

shares

२८ कात्तिक, काठमाडौँ । पूर्वप्रधानन्यायाधीश गोविन्दबहादुर श्रेष्ठको शनिबार निधन भएको छ ।

ब्रेन ट्युमरको उपचार गरिरहनुभएका ७७ वर्षीय श्रेष्ठको शनिबार उहाँकै निवास ललितपुरको सुनाकोठीमा निधन भएको हो । ब्रेन ट्युमर भएपछि केही समयअघि उहाँको भारतको मेदान्त अस्पतालमा शल्यक्रिया गरिएको थियो ।

न्यायमा पहुँच बढाउन सकियोस्, जनतामा न्याय पारौँ भन्ने भावना राख्ने श्रेष्ठमा एउटा सज्जन व्यक्तिमा हुनुपर्ने सबै गुण भएको व्यक्तिका उहाँले न्याय क्षेत्रमा परिचय बनाउनुभएको थियो । उहाँले विसं २०६०÷६१ मा नौ महिना सर्वाेच्च अदालतको नेतृत्व सम्हाल्नु भएको थियो ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको शनिबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । उहाँप्रति श्रद्धाञ्जलि प्रकट गर्न प्रधानन्यायाधीश सुशीला कार्की पशुपति आर्यघाट पुग्नुभएको थियो ।

सर्वाेच्च अदालतका न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, उच्च अदालत, विशेष अदालत र जिल्ला अदालतका न्यायाधीश पनि आर्यघाट पुगेर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । आर्यघाटमा प्रहरीको एक टोलीले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो । उहाँका एक छोरा र तीन छोरी हुनुहुन्छ ।

यसैबीच प्रधानन्यायाधीश कार्कीको अध्यक्षतामा आकस्मिक रुपमा बसेको सर्वाेच्च अदालतको पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश श्रेष्ठको असामयिक निधनप्रति आइतबार सर्वाेच्च अदालत र मातहतका सबै अदालतमा बिदा दिने निर्णय गरेको प्रवक्ता नहकुल सुवेदीले जानकारी दिनुभयो ।

वि.सं.२०७३ कात्तिक २८ आइतवार ०३:१२ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...