back

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधन

वि.सं.२०७३ कात्तिक २८ आइतवार

522 

shares
GLOBAL IME AD
NTC AD

२८ कात्तिक, काठमाडौँ । पूर्वप्रधानन्यायाधीश गोविन्दबहादुर श्रेष्ठको शनिबार निधन भएको छ ।

ब्रेन ट्युमरको उपचार गरिरहनुभएका ७७ वर्षीय श्रेष्ठको शनिबार उहाँकै निवास ललितपुरको सुनाकोठीमा निधन भएको हो । ब्रेन ट्युमर भएपछि केही समयअघि उहाँको भारतको मेदान्त अस्पतालमा शल्यक्रिया गरिएको थियो ।

न्यायमा पहुँच बढाउन सकियोस्, जनतामा न्याय पारौँ भन्ने भावना राख्ने श्रेष्ठमा एउटा सज्जन व्यक्तिमा हुनुपर्ने सबै गुण भएको व्यक्तिका उहाँले न्याय क्षेत्रमा परिचय बनाउनुभएको थियो । उहाँले विसं २०६०÷६१ मा नौ महिना सर्वाेच्च अदालतको नेतृत्व सम्हाल्नु भएको थियो ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको शनिबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । उहाँप्रति श्रद्धाञ्जलि प्रकट गर्न प्रधानन्यायाधीश सुशीला कार्की पशुपति आर्यघाट पुग्नुभएको थियो ।

सर्वाेच्च अदालतका न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, उच्च अदालत, विशेष अदालत र जिल्ला अदालतका न्यायाधीश पनि आर्यघाट पुगेर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । आर्यघाटमा प्रहरीको एक टोलीले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो । उहाँका एक छोरा र तीन छोरी हुनुहुन्छ ।

यसैबीच प्रधानन्यायाधीश कार्कीको अध्यक्षतामा आकस्मिक रुपमा बसेको सर्वाेच्च अदालतको पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश श्रेष्ठको असामयिक निधनप्रति आइतबार सर्वाेच्च अदालत र मातहतका सबै अदालतमा बिदा दिने निर्णय गरेको प्रवक्ता नहकुल सुवेदीले जानकारी दिनुभयो ।

वि.सं.२०७३ कात्तिक २८ आइतवार ०३:१२ मा प्रकाशित

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बागमती । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै...

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका...

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ढोरपाटन (बागलुङ) । दुई दशक अगाडि ट्रर्याक खुलेको गलकोट–ताराखोला सडक...

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

गलकोट (बागलुङ) । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले...

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

झापा । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...