back
CTIZAN AD

लोकमान प्रकरणमा आलटाल हुँदैन : सभामुख घर्ती

वि.सं.२०७३ कात्तिक २८ आइतवार

876 

shares

onsari-magar

२८ कात्तिक, तिलोत्तमा (रुपन्देही) । सभामुख ओनसरी घर्तीले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको महाभियोग प्रस्तावमा संसद्ले आलटाल नगर्ने बताउनुभएको छ ।

महाभियोग प्रस्ताव प्रक्रियामा गइसकेकाले त्यो निरन्तर अघि बढ्ने भएको र कसैले शङ्का गर्न नहुने बताउनुभयो । प्रेस सेन्टर रुपन्देहीले बुटवलमा आज गरेको पत्रकार सम्मेलनमा उहाँले कुनै कारणले महाअभियोग प्रस्ताव नरोकिने दाबी गर्नुभयो । प्रक्रियागत रुपमा त्यो प्रस्ताव पार लाग्ने उहाँको भनाइ थियो ।

“सबै प्रक्रिया पूरा गरी निर्णयार्थ पेस हुनेछ”–उहाँले भन्नुभयो, “संसद्मा छलफल चलिरहेको छ, यो प्रक्रियामा अब आलटाल हुँदैन ।” सभामुख घर्तीले राजनीतिक दल एक भएर संविधानको कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभयो ।

संविधान कार्यान्वयन गर्ने समयमा दलभित्र धु्रवीकरण हुनु गलत भएको भन्दै छलफल गरेर असहमति हटाउँदै एक हुन उहाँले आग्रह गर्नुभयो । उहाँले देश र जनताको आर्थिक विकासका लागि दलहरूले मिलेर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

सभामुख घर्तीले दलहरू प्रतिस्पर्धामा उत्रिनु लोकतान्त्रिक पद्धति भए पनि अहिले त्यो समय नभएको बताउनुभयो ।

वि.सं.२०७३ कात्तिक २८ आइतवार ०३:११ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...