Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

लोकमान प्रकरणमा आलटाल हुँदैन : सभामुख घर्ती



onsari-magar

२८ कात्तिक, तिलोत्तमा (रुपन्देही) । सभामुख ओनसरी घर्तीले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको महाभियोग प्रस्तावमा संसद्ले आलटाल नगर्ने बताउनुभएको छ ।

महाभियोग प्रस्ताव प्रक्रियामा गइसकेकाले त्यो निरन्तर अघि बढ्ने भएको र कसैले शङ्का गर्न नहुने बताउनुभयो । प्रेस सेन्टर रुपन्देहीले बुटवलमा आज गरेको पत्रकार सम्मेलनमा उहाँले कुनै कारणले महाअभियोग प्रस्ताव नरोकिने दाबी गर्नुभयो । प्रक्रियागत रुपमा त्यो प्रस्ताव पार लाग्ने उहाँको भनाइ थियो ।

“सबै प्रक्रिया पूरा गरी निर्णयार्थ पेस हुनेछ”–उहाँले भन्नुभयो, “संसद्मा छलफल चलिरहेको छ, यो प्रक्रियामा अब आलटाल हुँदैन ।” सभामुख घर्तीले राजनीतिक दल एक भएर संविधानको कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभयो ।

संविधान कार्यान्वयन गर्ने समयमा दलभित्र धु्रवीकरण हुनु गलत भएको भन्दै छलफल गरेर असहमति हटाउँदै एक हुन उहाँले आग्रह गर्नुभयो । उहाँले देश र जनताको आर्थिक विकासका लागि दलहरूले मिलेर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

सभामुख घर्तीले दलहरू प्रतिस्पर्धामा उत्रिनु लोकतान्त्रिक पद्धति भए पनि अहिले त्यो समय नभएको बताउनुभयो ।


-->

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) ले ‘नेपाल माइक्रो इकोनोमिक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन,

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

काठमाडौं। पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिट्पुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम्

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच गृहमन्त्रालयमा भएको वार्तापछि साँतबुदे सहमति भएको छ ।