back

उज्जवल ठकुरीलाई रजत पदक

वि.सं.२०७६ जेठ ६ सोमवार

504 

shares

विजय थापा
गत शुक्रबार मे १७ का दिन एटलान्टिक सिटी न्युजर्सीमा सम्पन्न वर्ल्ड एसोसिएसन अफ किक बक्सिङ्ग अर्गनाईजेसन द्वारा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा ३ पटक गिनिज वर्ल्ड रेकर्ड उज्ज्वल ठकुरीलाई रजत पदक प्राप्त भएको छ ।

वाको युएसएको उक्त प्रतियोगितामा पोइन्ट फाइट (अंक युद्ध) र ७४ केजी तौल भन्दा माथी ब्लाक बेल्टं (कालो फित्ताधारी) प्रदर्शनमा खेलमा उज्ज्वल ठकुरीले रजत पदक हासिल गरेका हुन् ।

उनि २९ बर्षिय मिलर ओमारी संग पराजित भएका थिए । नासका अन्तर्गत राखिएको वाको युएसए खेल भनेको वर्ल्ड एसोसिएसन अफ किक बक्सिङ्ग अर्गनाईजेसन हो । त्यसैगरि ठकुरीले नासकाको सृजनात्मक कातामा कास्य पदक हासिल गरेका छन् ।

ठकुरी भन्छन – हार जित भैरहन्छ, म ४४ बर्ष उमेर भएकोले २९ बर्षको युवासंग खेल्न मज्जा आएको बताए । उनले भने दुइ चोटी ढाल्न पनि पाएको बताए । यो अंकको खेलमा ढाल्न पाईदैन र जसले ढाल्छ खेल उसैले हार्छ । आफू अलिक उत्तेजित थिएँ, अलिक नियन्त्रण गरेको भए खेलले बाजी मार्न सक्थे उनले भने ।

नेपाली मूलका मध्ये अमेरिकामा वाको खेल्ने र रजत ल्याउने सम्भवत आफू भएको बताए । पदक नजिती ओलम्पिकमा भाग लिंदैमा ओलम्पियन बन्ने आफ्नो रहर छैन, उनि भन्छन ।

आफ्नो शरीर जिउदो रहुन्जेल, हातखुट्टा चलुन्जेल खेल खेलिराख्ने इच्छा पनि उनले व्यक्त गरेका छन् ।

वि.सं.२०७६ जेठ ६ सोमवार ११:४४ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...