back
CTIZAN AD

नेकपाका १० जिल्ला कमिटी टुङ्गियो

वि.सं.२०७६ जेठ ८ बुधवार

726 

shares

८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं ३ अन्तर्गतका १० जिल्ला कमिटीले पूर्णता पाएको छ ।
प्रदेश नं ३ का १३ जिल्ला कमिटीमध्ये अहिलेसम्म काठमाडौँ, भक्तपुर, धादिङ, मकवानपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा र नुवाकोटमा जिल्ला कमिटीले पूर्णता पाएको हो । अहिलेसम्म ललितपुर, काभ्रेपलाञ्चोक र चितवन जिल्लाको कमिटी गठन भइनसकेको प्रदेश कमिटीले जनाएको छ ।

बाँकी रहेका तीन जिल्लामा आगामी सातासम्ममा टुङ्गो लागिसक्ने प्रदेश कमिटी इञ्चार्ज अष्टलक्ष्मी शाक्यले बताइन् । उनले भनिन्, “बाँकी जिल्लामा पनि कमिटी गठनका लागि आवश्यक गृहकार्य भइरहेको छ ।” आज धादिङ कमिटीको शपथग्रहण भएको प्रदेश कमिटीले जनाएको छ । आज मकवानपुर र बिहीबार सिन्धुली जिल्ला कमिटीको शपथग्रहण कार्यक्रम रहेको छ ।

कमिटी गठन गर्दा वरिष्ठतालाई प्राथमिकता दिइएको इञ्चार्ज शाक्यले जानकारी दिइन् । पूर्व नेकपा (एमाले) र माओवादी केन्द्र दुवै पार्टीमा लामो समय काम गरेको अनुभव र क्षमतालाई मापदण्ड बनाइएको उनको भनाइ छ । उनका अनुसार महिला, जनजाति, दलितलगायतलाई समेटेर समावेशी कमिटी बनाउन लागिएको छ । जिल्ला कमिटी गठन गर्दा पर्याप्त छलफल भएको उनले बताइन् । १३ वटै जिल्लाको जिल्ला कमिटी गठन भइसकेपछि नगर, गाउँ र वडा कमिटीको गठन हुनेछ । गत ४ गते बसेको प्रदेश कमिटीको बैठकले जिल्ला कमिटीलाई चाँडो पूर्णता दिने निर्णय गरेको थियो ।

वि.सं.२०७६ जेठ ८ बुधवार ०९:२२ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...