back

नेकपाका १० जिल्ला कमिटी टुङ्गियो

वि.सं.२०७६ जेठ ८ बुधवार

393 

shares
GLOBAL IME AD
NTC AD

८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं ३ अन्तर्गतका १० जिल्ला कमिटीले पूर्णता पाएको छ ।
प्रदेश नं ३ का १३ जिल्ला कमिटीमध्ये अहिलेसम्म काठमाडौँ, भक्तपुर, धादिङ, मकवानपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा र नुवाकोटमा जिल्ला कमिटीले पूर्णता पाएको हो । अहिलेसम्म ललितपुर, काभ्रेपलाञ्चोक र चितवन जिल्लाको कमिटी गठन भइनसकेको प्रदेश कमिटीले जनाएको छ ।

बाँकी रहेका तीन जिल्लामा आगामी सातासम्ममा टुङ्गो लागिसक्ने प्रदेश कमिटी इञ्चार्ज अष्टलक्ष्मी शाक्यले बताइन् । उनले भनिन्, “बाँकी जिल्लामा पनि कमिटी गठनका लागि आवश्यक गृहकार्य भइरहेको छ ।” आज धादिङ कमिटीको शपथग्रहण भएको प्रदेश कमिटीले जनाएको छ । आज मकवानपुर र बिहीबार सिन्धुली जिल्ला कमिटीको शपथग्रहण कार्यक्रम रहेको छ ।

कमिटी गठन गर्दा वरिष्ठतालाई प्राथमिकता दिइएको इञ्चार्ज शाक्यले जानकारी दिइन् । पूर्व नेकपा (एमाले) र माओवादी केन्द्र दुवै पार्टीमा लामो समय काम गरेको अनुभव र क्षमतालाई मापदण्ड बनाइएको उनको भनाइ छ । उनका अनुसार महिला, जनजाति, दलितलगायतलाई समेटेर समावेशी कमिटी बनाउन लागिएको छ । जिल्ला कमिटी गठन गर्दा पर्याप्त छलफल भएको उनले बताइन् । १३ वटै जिल्लाको जिल्ला कमिटी गठन भइसकेपछि नगर, गाउँ र वडा कमिटीको गठन हुनेछ । गत ४ गते बसेको प्रदेश कमिटीको बैठकले जिल्ला कमिटीलाई चाँडो पूर्णता दिने निर्णय गरेको थियो ।

वि.सं.२०७६ जेठ ८ बुधवार ०९:२२ मा प्रकाशित

गण्डकीसहित केही प्रदेशका हिमाली र पहाडी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना !

गण्डकीसहित केही प्रदेशका हिमाली र पहाडी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना !

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव...

जलविद्युत् आयोजना प्रभावितलाई सीपमूलक तालिम

जलविद्युत् आयोजना प्रभावितलाई सीपमूलक तालिम

दमौली (तनहुँ) । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

लुम्बिनी (मर्चवार) । रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सइ)लाई अख्तियार...

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

काठमाडौँ । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले...

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

काठमाडौँ । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१...

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका...