back
CTIZAN AD

प्रहरीको गोलि लागि नेकपा जिल्ला नेताको मृत्यु

वि.सं.२०७६ जेठ ८ बुधवार

675 

shares

८ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका एक जिल्ला नेताको प्रहरीको गोली लागि मृत्यु भएको छ । प्रहरीको गोलि लागि नेपाल कम्युनिस्ट पार्टी भोजपुरका नेता तिर्थराज घिमिरेको मृत्यु भएको छ । मंगलबार प्रहरीसँगको दोहोरो भिडन्तमा षडानन्दनगरपालिका २ कुदाकका भोजपुरका नेता तिर्थराज घिमिरेको मृत्यु भएको प्रहरीले जिल्ला प्रशासन कार्यालय, भोजपुर प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए ।

मंगलवार दिउँसो भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा प्रहरीको गोली लागेर घिमिरे गम्भिर घाइते भएका थिए । घाइते घिमिरेलाई उपचारका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रजिअ खतिवडाले घिमिरेको शव अस्पतालमा रहेको छ भने उनको बुबालाई खबर गरी अस्पताल जान भनिएको बताए । घिमिरेको मृत्यु विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधवार विहान ३ बजे मृत्यु भएको बताइएको छ।

प्रजिअ खतिवडाका अनुसार जंगलमा ठूलो हातहतियार धारी रहेको भन्ने सुराकीका आधारमा गस्ति गर्ने क्रममा धेरैजना भागेको र घिमिरेले प्रहरीमाथि गोलि चलाएपछि जवाफी फायरिङ्गमा खुट्टामा गोलि लागेको थियो । जंगलबाट अस्पतालसम्म ल्याउन लामो समय लागेका कारण घिमिरेको बढी रक्तश्राबबाट मृत्यु भएको हुन सक्ने पनि उनले बताए ।

प्रहरीले पनि नेकपाका कार्यकर्ताले आफूहरुमाथि गोलि चलाएपछि जवाफी कार्वाहीमा घिमिरेको खुट्टामा गोलि लागेको दाबी गरेको छ । जंगलमा हतियारधारीहरुले गतिविधि बढाइरहेको भन्ने सूचनाका आधारमा गस्ती गर्ने क्रममा नेकपाका कार्यकर्ताहरुसँग दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले बताएको छ । घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल, ५ थान गोलिसहित विस्फोटक पदार्थ पनि बरामद गरेको पनि प्रहरीको दाबी छ ।

सरकारले नेकपा विप्लव समूहमाथि प्रतिबन्ध लगाएको छ । पक्राउका घटनाहरु भएपनि दोहोरोभिडन्तका नाममा नेकपा कार्यकर्ता मारिएको यो पहिलो घटना हो । यो हत्या प्रकरणका कारण नेकपा आक्रामक हुन सक्ने अनुमान गरिएको छ । तर, नेकपाले घटनाबाट कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।

वि.सं.२०७६ जेठ ८ बुधवार १०:३९ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...