back
CTIZAN AD

प्राकृतिक स्रोतको प्रयोग मानवजातिको हितमा गर्नुपर्नेमा मुख्यमन्त्री राईको जोड

वि.सं.२०७६ जेठ ८ बुधवार

819 

shares

८ जेठ विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्राकृतिक स्रोतको प्रयोग मानवजातिको हितमा गर्नुपर्ने बताएका छन् ।प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटसम्बन्धी आज यहाँ आयोजित छलफल कार्यक्रममा उनले प्राकृतिक स्रोतको उपभोगबाट हुने प्रभाव, असर र यसले सम्पूर्ण मानव जातिमा भविष्यमा पार्ने दुष्प्रभावलाई ध्यान दिई उपयोग गर्न सुझाव दिए ।

मुख्यमन्त्री राईले प्राकृतिक स्रोतको कसरी उपयोग गर्ने भन्ने मुख्य चुनौती विद्यमान रहेको चर्चा गर्दै यस सम्बन्धमा आवश्यक कानून निर्माण गरी तीन निकायको समन्वयमा यसको प्रयोग गर्र्नुपर्ने आवश्यकता आँैल्याए ।प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले वातावरण क्षति न्यूनीकरणलाई ध्यानमा राखेर खानी व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले प्राकृतिक क्षेत्रको दोहनमा राजश्व मात्र नहेरी यसले पु¥याउने क्षतिका विषयमा ध्यान दिनुपर्ने बताउँदै विद्युत्को रोयल्टीसमेत स्थानीय निकायले पाउनुपर्ने माग गरे ।आयोगका अध्यक्ष बालानन्द पौडेल, सचिव बैकुण्ठ अर्याल, रेवतीरमण पराजुली, गोपी घिमिरे, अर्जुन पोखरेल, अनन्त न्यौपाने र महेन्द्र विष्टले हिमाली हवाई उडान रोयल्टी समावेश गर्नुपर्ने र लेखा प्रणाली व्यवस्थित गर्नुपर्ने लगायतका सुझाव दिए ।

वि.सं.२०७६ जेठ ८ बुधवार १७:१९ मा प्रकाशित

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको...

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली (तनहुँ) । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन...

बहराइनले नेपाललाई दियो ८८ रन

बहराइनले नेपाललाई दियो ८८ रन

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी...

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

राँझा (बाँके) । रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान...

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनहरुको खोजीका लागि उद्धार...

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...