back

प्राकृतिक स्रोतको प्रयोग मानवजातिको हितमा गर्नुपर्नेमा मुख्यमन्त्री राईको जोड

वि.सं.२०७६ जेठ ८ बुधवार

591 

shares

८ जेठ विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्राकृतिक स्रोतको प्रयोग मानवजातिको हितमा गर्नुपर्ने बताएका छन् ।प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटसम्बन्धी आज यहाँ आयोजित छलफल कार्यक्रममा उनले प्राकृतिक स्रोतको उपभोगबाट हुने प्रभाव, असर र यसले सम्पूर्ण मानव जातिमा भविष्यमा पार्ने दुष्प्रभावलाई ध्यान दिई उपयोग गर्न सुझाव दिए ।

मुख्यमन्त्री राईले प्राकृतिक स्रोतको कसरी उपयोग गर्ने भन्ने मुख्य चुनौती विद्यमान रहेको चर्चा गर्दै यस सम्बन्धमा आवश्यक कानून निर्माण गरी तीन निकायको समन्वयमा यसको प्रयोग गर्र्नुपर्ने आवश्यकता आँैल्याए ।प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले वातावरण क्षति न्यूनीकरणलाई ध्यानमा राखेर खानी व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले प्राकृतिक क्षेत्रको दोहनमा राजश्व मात्र नहेरी यसले पु¥याउने क्षतिका विषयमा ध्यान दिनुपर्ने बताउँदै विद्युत्को रोयल्टीसमेत स्थानीय निकायले पाउनुपर्ने माग गरे ।आयोगका अध्यक्ष बालानन्द पौडेल, सचिव बैकुण्ठ अर्याल, रेवतीरमण पराजुली, गोपी घिमिरे, अर्जुन पोखरेल, अनन्त न्यौपाने र महेन्द्र विष्टले हिमाली हवाई उडान रोयल्टी समावेश गर्नुपर्ने र लेखा प्रणाली व्यवस्थित गर्नुपर्ने लगायतका सुझाव दिए ।

वि.सं.२०७६ जेठ ८ बुधवार १७:१९ मा प्रकाशित

Himalayan Life AD
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ । मङ्सिरस् प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा...

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...