८ जेठ, काठमाडौं । सेयर कारोबार नेप्से परिसूचकमा अघिल्लो दिनको तुलनमा ७.४९ अंकले बढेकोछ । कारोबार सुरु हुँदा समग्रमा १३१४.८० रहेको परिसूचक कारोबार बन्द हुँदा १३१९.६३ बिन्दुमा कायम भएकोछ । समग्रमा यो सूचक अघिल्लो दिनको तुलनामा ७.४९ अंकले सुधार हो । अघिल्लो दिन जस्तै आजको कारोबारमा सुचिकृत उपसुचक समुहमध्ये अधिकांसको मुल्यमा सुधार देखिएको छ । त्यस मध्ये सबैभन्दा धेरै जलबिद्युत समुहको सूचकमा अधिकतम ६८.६३ अंकले सुधार भएकोछ । त्यस्तै होटल समूहको ५२.२३, जीवन वीमाको ४३.५९, निर्जिवन बिमा समुहको १०.९४, ले सुधार भएको छ ।
त्यस्तै अन्य, लघुबित्त, विकास बैक, फाईनान्स कम्पनी, बैंकिङ समुहको उपसूचक भने क्रमशः ८.१३, ७.२१, ६.०३, ४.०३, २.५९ अंकले सुधार देखिएको छ भने म्युचुअल फण्ड र उत्पादनमूलक समुहको कारोबरमा भने क्रमशः ०.२ ८४.५३ अंकले गिरावट आएको छ ।
कुल सेयरको ३४ लाख ३६ हजार ९ सय ३७ किनबेचबाट ९६ करोड ६६ लाख ९३ हजार २ सय ४९ रकम बराबरको कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएकोछ ।
वि.सं.२०७६ जेठ ८ बुधवार १७:२० मा प्रकाशित