back
CTIZAN AD

पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले रसुवामा जलयात्रा शुरू

वि.सं.२०७६ जेठ ८ बुधवार

753 

shares

८,जेठ, रसुवा । उत्तरगया गाउँपालिका–५खाल्टे बगरको त्रिशूली नदीबाट परीक्षणस्वरुप पहिलोपटक जलयात्रा गरिएको छ । रसुवा, नुवाकोट पर्यटन समाजको आयोजना र गाउँपालिकाको सहयोगमा गरिएको जलयात्रा खाल्टे बगर नयाँ पुलदेखि नुवाकोटको भैँसेसम्म करीब पाँच किमी त्रिशूली नदीमा दक्ष प्राविधिकको सहयोगले सांसद बहादुरसिंह लामाको अगुवाइमा ३२ जनाको टोलीले जलयात्रा गरिएको समाजका अध्यक्ष बलराम न्यौपानेले बताए ।

जलयात्री पर्यटकको आकर्षण गराई रसुवा र नुवाकोटका भूभागमा पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले शुरु गराइएको जलयात्राको परीक्षण सफल भएकाले आगामी दिनका जलयात्री पर्यटकलाई रसुवा केन्द्रित गराउन सबै ट्रेकिङ व्यवसायीसमक्ष आग्रह गरिएको पर्यटन व्यवसायी शिव अधिकारीले बताए ।सांसद लामाले खाल्टे बगरदेखि भैँसेसम्मको जलयात्रा सहजरूपको पाइएकाले आगामी दिनमा पर्यटकलाई केन्द्रित गरी रसुवा र नुवाकोटको पर्यटन विकासमा टेवा पु¥याउने कार्यमा सहयोगका लागि सम्पूर्ण ट्रेकिङ व्यवसायीलाई आग्रह गरिएको बताए ।

नेपाल पर्यटन बोर्डका सदस्य एवं पर्यटन व्यवसायी दीपक महतले त्रिशूली नदीको जलयात्रा अत्यन्तै रोमञ्चकारी भएकाले जलयात्री पर्यटकलाई यहाँ केन्द्रित गर्नुपर्नेमा जोड दिए । गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले यस क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने कार्यमा स्थानीय सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।रसुवाबाट प्रतिनिधित्व गर्ने सांसद मोहन आचार्य र प्रदेशसभा सदस्य प्रेम तामाङले बेत्रावतीको त्रिशूली नदीमा जलयात्रा गराई यस क्षेत्रको गरिमा बढाएकामा आयोजक समाजलाई धन्यवाद दिँदै पर्यटन प्रवद्र्धनमा पूर्णरूपमा सहयोग गर्ने बताए ।

समाजका उपाध्यक्ष शिव लामिछानेले नेपाल एशोसिएशन अफ याफ्टिङ एजेन्सीनारामार्फत् जलयात्राको परीक्षण कार्य सम्पन्न गरिएको जानकारी दिनुभयो । रसुवाको लाङटाङ, गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गमा मात्र प्रस्थान गर्ने पर्यटकलाई आगामी दिनमा उत्तरगया धाम क्षेत्रको त्रिशूली नदीमा आर्कषण हुन थालेपछि पहिलो चरणमै दैनिक सयौँ स्थानीयलाई रोजगारीको अवसर प्राप्त हुने समाजसेवी चन्द्रशेखर लम्सालले बताए ।

वि.सं.२०७६ जेठ ८ बुधवार १७:३३ मा प्रकाशित

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

काठमाडौँ। रसुवा र नुवाकोटमा आएको पहिरो तथा बाढीले पु¥याएको ठूलो...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब...