back
CTIZAN AD

राशिद खतरनाक खेलाडी हुन् तर म भिडन तयार छु – कोहली

वि.सं.२०७६ जेठ १० शुक्रवार

600 

shares

८ जेठ । क्रिकेटको सबैभन्दा ठूलो खेल विश्वकप (ICC World Cup 2019):आउँदो मे ३० बाट सुरु हुँदैछ । भारतीय क्रिकेट टीम क्याप्टन विराट कोहली Virat Kohli को नेतृत्वमा प्रतिस्पर्धामा उत्रँदै छ । त्यसका लागि भारतीय क्रिकेट टिम गत बुधबार लण्डन पुगेको छ । भारतले विश्व कपमा पुग्नका लागि पहिलो खेल पाँच जुनमा दक्षिण अफ्रिकासँग खेल्दै छ । यसअघि भारतले दुई अभ्यास म्याच खेल्नु पर्दछ । जसअनुसार अवे म्याचमा अफगानिस्तानसँग २२ जुनमा र अबे इङल्याण्डसँग ३० जुनमा हुँदैछ ।

भारतीय क्याप्टेन कोहलीले अवे म्याचका प्रतिस्पर्धी अफगानिस्तानका स्पिनर राशिद खान Rashid Khan को तारिफ गरेका छन् । ‘तीन वर्ष भयो, मैले अन्तर्राष्ट्रिय स्तरमा उनीसँग खेलेको छैन, त्यसैले पनि म उनको विरुद्ध खेल्न चाहन्छु । उनी राम्रा बलर हुन् । उनको बलिङ निकै तेज हुन्छ । ब्याट्सम्यानले सोच्न नपाउँदै बल ब्याट्समा आइसकेको हुन्छ । उनले कतापट्टि हान्छन् भन्ने थाहा नै हुँदैन । उनले हानेको बल समाउन निकै मुस्किल हुन्छ  ।  ‘बलर रासिद खान एक सानदार बलर हुन्, जससँग खेल्न सहज छैन, तर पनि उनीसँग खेल्न तयार छु ।’ कोहलीलाई राशिदको बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै उनले सो बताएका हुन् ।

उनले थपेका छन् – राशिदको तेजिलो बल प्रहार गर्ने तरिकाले नै उनी खतरनाक खेलाडी हुन् । विश्वकप २०१९ मा म उनीसँग खेल्नका लागि तयार छु ।

विश्वकप २०१९ मा टीम कप्तान बन्दा निकै सम्मानित महशुस गरेको उनले बताएका छन् । सबै टिम म्याच खेल्नका लागि निकै उत्साहि भएको भन्दै त्यसपछि मात्र हामी टुर्नामेन्टमा अगाडि कसरी जाने र कहाँ काम गर्ने भन्ने सोचिने बताएका छन् ।

वि.सं.२०७६ जेठ १० शुक्रवार १६:४१ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...