back
CTIZAN AD

असिना पानीले तनहुँका किसानको करोडौको क्षति

वि.सं.२०७६ जेठ १० शुक्रवार

630 

shares

१० जेठ, काठमाण्डौं । केही दिनदेखि लगातार परेको असिनापानीले बाली नष्ट हुँदा जिल्लाका कृषक मर्कामा परेका छन् । असिनाले खाद्यान्न, लहरेबाली र सुन्तला नष्ट गरिदिएपछि उनीहरु मर्कामा परेका हुन् ।

तनहुँको ब्यास नगरपालिका-१० का कृषक विष्णुप्रसाद बजगाईंले ६ रोपनी क्षेत्रफलमा लगाएको मकै असिनाले पूरै सखाप बनाएको जानकारी दिए । सोही वडाका पार्वती सुवेदीले असिनाले पाँच रोपनी क्षेत्रफलमा लगाएको लहरेबाली नष्ट गरेको बताए । उनले भने, “दुःख गरेर लहरेबाली लगाइयो, लगातार परेको असिनाले पूरै नष्ट पारिदियो ।”

असिनापानीले ब्यास नगरपालिका-५, ८, १०, ११, १२, १४ लगायतका ठाउँमा खेतीबाली नष्ट बनाएको सूचना आएको ब्यास नगरपालिकाका कृषि शाखाप्रमुख विश्वराज वाग्लेले जानकारी दिए ।

राहतको आश गर्दै नगरपालिकामा आएका कृषकलाई प्रमुख वाग्लेले बीमा गरेका बाहेकले क्षतिपूर्ति पाउन गाह्रो हुने बताएपछि कृषकहरु निराश भएका छन् । वाग्लेले कृषि बीमा गरेका कृषकलाई बीमा कम्पनीले नै क्षतिपूर्ति दिने तर अन्य कृषकलाई भने राहतको व्यवस्था कार्यालयबाट गर्न गाह्रो हुने बताए ।

कृषक बजगाईंले कृषि बीमाका बारेमा आफूलाई जानकारीसमेत नभएको बताए । उनले भने, “बीमाका बारेमा पहिल्यै कृषकलाई जानकारी गराएको भए बीमा गर्न हुन्थ्यो तर अहिले खेती गर्दाको लगानी पनि डुब्यो । राहत पाउने आश पनि हरायो ।”

असिनापानीले जिल्लाकै शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कृषकको सुन्तलासमेत नष्ट गरेको छ । गत वर्ष २८ लाखको सुन्तला बिक्री गरेका कृषक कमल महतको सुन्तला बगान असिनाले नष्ट बनाएको छ । उनका अनुसार भर्खरै दाना लागेको सुन्तला असिनापानीले चुटेर भुइँभरि झारेको छ ।

उनले भने, “आधाभन्दा बढी बतिला असिनाले झारेको छ । बोटमा बाँकी रहेका दाना चोट लागेका मात्र छन् । भर्खरै फल लागेको हुनाले अब बाँकी रहेका दाना राम्रोसँग सप्रिन्नन् ।” वर्षभरिको घरखर्च सुन्तला बेचेर भएको आम्दानीबाट चलाउने गरे पनि यो वर्ष असिनाले नष्ट गरेपछि आम्दानी हुन गाह्रो भएको उनको गुनासो छ ।

यहाँका सुन्तला कृषक जगतबहादुर महत, नेत्रबहादुर महत, दिलबहादुर केसी, लोकबहादुर महतलगायत सबैको बगानमा रहेको सुन्तला असिनापानीले नष्ट बनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुन्तला पकेट क्षेत्र नाम्सीकोट आसपासबाट किसानले गत वर्ष रु चार करोडभन्दा बढीको सुन्तला बिक्री गरेका थिए । यो वर्ष २५ प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको थियो ।

वडा सदस्य दानुमाया महतले असिनाले सुन्तला बगानमा करीब दुई करोडभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको बताइन् । उनले भनिन्, “क्षतिको विवरण सङ्कलन गर्न बाँकी नै रहेकाले अझै बढ्न सक्ने सम्भावना छ ।” नाम्सीकोटमा आधाभन्दा धेरै सुन्तला असिनाले नष्ट बनाएको भने पाल्पालीछाप, ज्याङलादी र अलैँचेमा भने नाम्सीकोटको तुलनामा अलिक कम क्षति भएको उनले जानकारी दिए ।

त्यस्तै शुक्लागण्डकी नगरपालिका–११ साँखेका कृषक महेन्द्र गौतमले असिनाले तरकारी बालीमा क्षति पु¥याएको जानकारी दिए । उनका अनुसार फल्ने बेला भएको काँक्रो, घिराँैला र करेला पूर्ण रुपमा क्षति भएको छ भने दुई पटक गोडमेल गरिएको, घोगा हाल्ने बेलाका मकै फेरि छर्नुपर्ने अवस्था भएको छ ।

शुक्लागण्डकी नगरपालिकाका कृषि शाखाप्रमुख नवराज पण्डित असिनाले किसानले लगाएको सुन्तला, खाद्यान्न र लहरे बालीमा क्षति पु¥याएको जानकारी दिए । उनका अनुसार किसानलाई क्षतिको विवरण टिपाउन अनुरोध गरिएको छ । नगरपालिकाले क्षतिपूर्ति दिन सक्ने अवस्था नभएकाले प्रदेश सरकारसँग माग गरेर किसानलाई राहत दिलाउने उनले जानकारी दिए ।

वि.सं.२०७६ जेठ १० शुक्रवार १७:०६ मा प्रकाशित

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

दमौली (तनहुँ) । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...