back
CTIZAN AD

प्रेमगीत ३ का लागि अभिनेत्री छनौट गरिँदै, २५ छानिए

वि.सं.२०७६ जेठ १० शुक्रवार

765 

shares

१० जेठ, काठमाडौँ । चलचित्र इतिहासमा सर्वाधिक सफल चलचित्र ‘प्रेम गीत’को सिरिज ‘प्रेमगीत ३’ मा मुख्य अभिनेत्री बन्नका लागी २ हजार ७ सय १४ जनायुवतीले आवेदन दिएका छन् । आसुसेन फिल्म्स प्रोडक्सनले चलचित्रको मुख्य क्यारेक्टर गीतका लागी आसुसेन फिल्म्स डट कम तथा आसुसेनको अफिसियल इमेलमा इच्छुकहरुबाट आबेदन मागेको थियो ।

आवेदन दिएकाहरु मध्येबाट आज उत्कृष्ट २५ जनायुवतीलाई अडिसनका लागि छनौट गरिएको छ । निर्माता तथा निर्देशक सन्तोष सेन, निर्देशक छेतेन गुरुङ, सिनेम्याटोग्राफर राजेश श्रेष्ठ लगायतको टिमले २७ सय १४ जनाबाट उत्कृष्ट २५ छानेको हो । अब, उत्कृष्ट २५ बाट अभिनेत्री अर्थात चलचित्रको ‘गीत’पात्रका लागि एकजना छनौट गरिनेछ । छनौट गर्न लागिएकी युवतीबाट चलचित्रको भित्रको पात्रको चरित्र,लुक्स, उचाई, अभिनय शैली, सुन्दरता लगायतलाई ध्यान दिइने निर्माता सन्तोष सेनले जानकारी दिए । प्रेमको जोडि अर्थात ‘गीत’को लागि आएका आवेदन अधिकांश आकर्षक थिए । उनीहरुबाट उत्कृष्ट २५ छान्न हामिलाई निकै हम्मे–हम्मे समेत परेको थियो ।

‘प्रेमगीत’मा प्रदीप खड्कासँग पूजा शर्माले रोमान्स गरेकी थिइन् , ‘प्रेमगीत २’माभने अश्लेषा ठकुरीले गीतको भूमिका निर्वाह गरेकी थिइन् । अब निर्माण हुन लागेको चलचित्र ‘प्रेमगीत ३’ मा नयाँलुक्सलाई भित्र्याउने तयारी गरेको प्रोडक्सन कम्पनीले जनाएको छ । उत्कृष्ट २५ मा छानिएका इच्छुकहरुलाई आसुसेन टिमले फोन सम्पर्क गरेर बोलाउनेछ, उनिहरुबाट एक जनालाई क्षमता, लुक्स, उचाई, सुन्दरताको मापन गरेर गीत क्यारेक्टरमा छान्ने आसुसेन फिल्म्स, काठमाण्डौंका निर्माता सन्तोष सेनले बताए ।

चलचित्र ‘प्रेमगीत ३’ आगामी चैत्र २८ गते अलनेपाल प्रदर्शन गरिने बताइएको छ । प्रेमगीतको विभिन्न विषयमा विशेष पत्रकार सम्मेलन गरेर जानकारी गराउने जनाइएको छ ।

वि.सं.२०७६ जेठ १० शुक्रवार १७:१७ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...