back
CTIZAN AD

पाल्पालीमा मौरी मोह, किसान भन्छन्–‘विदेशबाट पनि माग छ’

वि.सं.२०७६ जेठ १० शुक्रवार

582 

shares

१० जेठ, पाल्पा । पाल्पालीको यतिबेला मौरी मोह जागेको छ । मौरीको मह बिक्रीबाट राम्रो आम्दानी हुने तथा घरायसी प्रयोजनका लागि आवश्यक हुने हुँदा पनि यसप्रति सबैको मोह जागेको हो ।

विभिन्न स्थानीय तहले अनुदानमा मौरीको घार वितरण गर्ने भएका कारणमा पनि यसमा कृषकको आकर्षण बढेको छ ।

निस्दी गाउँपालिकाले अनुदानमा कृषकलाई गोलासहितको मौरीको घार वितरण गरेपछि कृषकहरु खुशी भएका छन् । कृषि शाखा संयोजक नवराज घिमिरेले कृषकलाई व्यावसायिक तरिकाले मौरीपालनमा आकर्षित गर्न गोलासहितको आधुनिक मौरीघार वितरण गरिएको जानकारी दिए । कृषि शाखा कार्यालयले ५० प्रतिशत अनुदानमा गाउँपालिकाभरिका ४१ घरपरिवारलाई मौरीको घार वितरण गरेको छ ।

यसअघि घरको बार्दलीमा दुई÷चार वटा मुढेघारमार्फत मौरीपालन गर्दै आएका कृषक आधुनिक घार मौरी गोलासहित पाएपछि खुशी भएका छन् । पाल्पाकै पूर्वखोला गाउँपालिका–२ जल्पाका दिलकुमारी पाण्डेले ४ वर्षअघि देखि २० वटा मुढेघार घरमै राखेर मह बिक्रीबाट आम्दानी लिँदै आएकी छन् । कुनै प्राविधिक ज्ञान बिना नै परम्परागत रुपमा घर तथा गोठको भित्तामा मुढेघार झुण्ड्याएर मौरीपालन गर्दै आएको पाण्डेले बताइन् । उनले मौरीपालनबाट प्रतिमहीना रु २० हजार आम्दानी गर्नुहुन्छ । वडाअध्यक्ष निरबहादुर सारुले भने वडामा १० वटा आधुनिक मौरीघार वितरण गरेको बताए ।

पाल्पाको रामपुर नगरपालिका–१ मा पनि मौरीपालनको पकेट क्षेत्रका रुपमा विकास गर्न तालीम सञ्चालनसमेत गरिएको छ । जनउत्थान परिषद् पाल्पा र वडा नं १ का कार्यालयको समन्वयमा भएको तालीममा सहभागीले स्वास्थ्यका हिसाबले महत्वपूर्ण मानिने मह उत्पादनका लागि मौरीपालनमा रुचि देखाएका छन् । रामपुरको छम्के, चिहानडाँडा, बर्दाकोट, फोक्सिङ्कोटलगायतका स्थानमा मौरीपालनका निम्ति सर्वेक्षणसमेत गरिएको छ । रामपुर नगरपालिका–७ जामुनेखर्कका कृषक सूर्यप्रसाद रेग्मीले महबाट राम्रो आम्दानी लिन सकिने हुदाँ मौरीपालन सजिलो व्यवसाय भएको बताए । बजारमा चिनीको रस खुवाएर निकालिने महलगायत विभिन्न किसिमका मह बिक्री हुने बताउँदै आफूले पालेका मौरी जङ्गलमा फुलेका फूलको रस चुसेर १०÷१५ दिनको फरकमा मह निकाल्ने गरेको बताए । फूलको रस चुसेर मौरीले निकालेको मह स्वास्थ्यका हिसाबले समेत फाइदाजनक रहेको कृषक रेग्मीको भनाइ छ ।

रामपुरकै वडा नं ६ पाल्पाका २३ घरपरिवारलाई मौरीको घार वितरण गरेर मौरीपालनमा आकर्षित गरेको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताए । एक घर, एक मौरी घार अभियानअन्तर्गत वडा कार्यालयले ५० प्रतिशत अनुदानमा घार वितरण गरेको हो । रामपुर नगरपालिका–६ का ७५ वर्षीय जयनारायण न्यौपानेले पनि २०४९ सालदेखि मौरीपालन गर्दै आएका छन् । उनले करीब दुई सयको हाराहारीमा आधुनिक घार राखेर मौरीपालन गर्दै आएका हुन् । प्रतिलिटर रु एक हजारमा प्रायः विदेशमा रहने नेपालीले महको माग गर्ने उनको भनाइ छ ।

न्यौपानेले वर्षमा दुई सय लिटर मह बिक्री गर्ने बताए । उनले यस क्षेत्रमा मौरीको घार तथा गोला बिक्रीसमेत गर्दै आएका छन् । मौरीपालन रामपुुर नगरपालिकाको हाँगेपीपल, बर्दाकोट, मकैडाँडा, कुमैडाँडालगायतका क्षेत्रमा पनि मौरीपालन गर्ने कृषक रहेका छन् । बर्दाकोटका महेन्द्र खाँडले नौ घार राखेर मौरीपालन गरेका छन् । त्यस्तै कुमैडाँडाका प्रकाश श्रेष्ठले ११ वडा आधुनिक तथा मुढेघारमा राखेर मौरीपालन गर्दै आएका छन् । बिक्रीका निम्ति सजिलो हुने भएकाले पनि मौरीपालनमा सबैको रुचि जागेको कृषकको भनाइ छ । कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिव अर्यालका अनुसार पाल्पा जिल्लाबाट अहिले पाँच हजारको हाराहारीमा मौरीको गोला तथा करीब १२ हजार किलोग्राम मह बिक्री हँुदै आएको छ ।

जिल्लाका १२२ जना कृषकले एक हजार ५०० घारमा मौरीपालन गरेको प्रमुख अर्यालको भनाइ छ । अहिले पाल्पामा रामपुर, बराङ्दी, रिब्दीकोट, पालुङ्मैनादी, मदनपोखरा र कलङीमा मौरी स्रोत केन्द्र रहेका छन् । पाल्पामा उत्पादित मह स्थानीय बजार तथा बाहिरी जिल्लामा बिक्री हँुदै आएको कृषि ज्ञानकेन्द्र पाल्पाले जनाएको छ । फाइल:फोटो

वि.सं.२०७६ जेठ १० शुक्रवार १७:१९ मा प्रकाशित

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

दशरथचन्द (बैतडी) । बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान...

ऋण खोजेर सुरु गरेको  तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

सन्तोष गौतम, म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...