back
CTIZAN AD

आठबिसकोटको यस्तो निर्णय, नियम विपरीत गए एकलाख जरिवाना

वि.सं.२०७६ जेठ १० शुक्रवार

606 

shares

१० जेठ, रुकुमपश्चिम। आठबीसकोट नगरपालिकाले नियमविपरीत चल्ने सवारी साधनलाई कारवाही गर्ने भएको छ ।

लामो तथा छोटो दूरीमा नियमविपरीत सवारीसाधन सञ्चालन भइरहेको गुनासो आएपछि नगरपालिकाले अब त्यस्ता सवारी साधनलाई कारवाहीको दायरामा ल्याउने बताएको हो ।

नगरमा सञ्चालित छोटो तथा लामो दूरीका सवारी साधनलाई सवारी नियम पालना गर्न सचेत गराउँदै नगरपालिकाले नियम पालना नगरे रु एक लाखसम्म जरिवाना गर्ने चेतावनी दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै जीप तथा भाडाका सवारी साधन रुट परमिट नलिई सञ्चालन भइरहेको, यात्रु तथा सवारी बीमा नगरेको, ब्लु बुक, लाइसेन्सजस्ता कागजात नभएको भेटिएको बताएको छ ।

नगरपालिकाले तत्कालै नियम पालना गर्न सचेत गराएको छ । अब पनि त्यस्तै त्रुटि भेटिएमा कारवाही गर्ने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए । नियमविपरीत जथाभावी सवारीका साधन सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै यात्रुसमेत ठगिने सम्भावना पनि उत्तिकै रहेकाले नगरमा सञ्चालन हुने सवारी साधनलाई नियमन गर्न लागिएको उनको भनाइ छ ।

त्यस्तै नगरपालिकाले टिकट काउन्टरमा बस्नेलाई अनिवार्य परिचयपत्र लगाउन र टिकट काउन्टरबाट मात्र टिकट काट्न पनि सचेत गराएको छ । सवारी साधनलाई नियमन गर्न लागिएपछि नगरको यातायात सेवा व्यवस्थित हुने नगरवासीले अपेक्षा गरेका छन् ।

वि.सं.२०७६ जेठ १० शुक्रवार १७:३५ मा प्रकाशित

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...