back

आठ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

वि.सं.२०७६ जेठ १० शुक्रवार

537 

shares

१० बैशाख, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले रु आठ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।

बैंकले आज एक सूचना प्रकाशित गरी यही जेठ १२ गते आइतबार ‘विकास ऋणपत्र २०९०’ बिक्री गर्न लागेको हो । केन्द्रीय बैंकले बोलकबोलको माध्यमबाट ऋणपत्र बिक्री गर्न लागिएको जनाएको छ ।

बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरीद गर्न सक्नेछन् ।

उक्त ऋणपत्र धितो राखी कर्जा लिन, दिनसमेत पाइनेछ । ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा कर लाग्नेछ । बैंकका अनुसार इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । घटीमा रु पचास हजार र बढीमा कूल बिक्री गर्न लागिएको रकमको सीमामा नबढाई रु पचास हजारले भाग गर्दा विशेष भाग जाने अङ्कमा खरीद गर्न सकिनेछ ।

वि.सं.२०७६ जेठ १० शुक्रवार १७:३९ मा प्रकाशित

Himalayan Life AD
विप्लवले फोरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

विप्लवले फोरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

काठमाडौँ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ...

फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...