
११ जेठ, काठमाण्डौ । राज्यले बालबालिकालाई स्वस्थ्य राख्न ११ रोगविरुद्ध खोप अनिवार्य गरेको छ ।
यो खोपको सम्पूर्ण खर्च सरकारले नै व्यहोर्छ । बच्चा जन्मेदेखि १५ महिनाको अवधि सम्म पटक–पटक गरेर लगाईसक्नुपर्ने यी खोपको लागि राज्यले प्रति बच्चा ३० हजार रुपैयाँ खर्च गर्दै आएको छ ।
बाल स्वास्थ्य महाशाखाका अनुसार एउटा बच्चालाई दिईने खोप सरकारले ४५ सय रुपैयाँमा खरिद गर्छ । तर, त्यसको प्रयोग अवधिभर हुने व्यवस्थापनको खर्च जोड्दा राज्यको लगानी एक बालकमा ३० हजार पुग्छ ।
खोपमा १२ अर्ब खर्च
बालबालिकाको खोपको लागि मात्र बार्षिक करिब १२ अर्ब खर्च हुने गरेको परिवार कल्याण महाशाखाका खोप शाखा प्राुख डा. झलक शर्मा गौतमले बताए । सरकारले प्रतिवर्ष ६ लाख बालबालिकालाई खोप दिँदै आएको छ । जसका लागि सरकारले देशभर १६ हजार खोप केन्द्र सञ्चालन गरिरहेको छ । शनिबारको नयाँपत्रिका दैनिकबाट
वि.सं.२०७६ जेठ ११ शनिवार ०९:३३ मा प्रकाशित