back
CTIZAN AD

ओली, प्रचण्ड, माधव नेपाललाई पनि आन्दोलनमा आउन अनुरोध

वि.सं.२०७६ जेठ ११ शनिवार

816 

shares


११ जेठ, काठमाडौँ । दुई तिहाइ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पनि नागरिकता विधेयक विरुद्धको आन्दोलनमा आउन आग्रह गरिने भएको छ ।

नागरिकता विधेयक विरुद्धको आन्दोलन उठाइरहेका पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईले राष्ट्रवादी छविका कारण मत पाएको नेकपाले यहि हालतमा नागरिकता विधेयक पास गर्न नसक्ने भएको कारण राष्ट्रवादी छु भन्ने सबै नेताहरुले साथ दिने विश्वास व्यक्त गरेका छन् ।

नेकपा मालेको केन्द्रीय कार्यालयमा आयोजित नागरिकता सम्बन्धी छलफल कार्यक्रममा बोल्दै भट्टराईले राष्ट्र र माटो सबैभन्दा ठूलो हुने कुरामा जोड दिए । नेकपा मालेका महासचिव सीपी मैनालीद्वारा प्रस्तुत अवधारणामाथि टिप्पणी गर्दै नेकपाका केन्द्रीय सदस्य नारायण शर्माले झुकेर, चुकेर, विकेर सत्तामा गएको होइन भन्ने प्रमाणित गर्न पनि नेताहरुले राष्ट्रियताको अडान लिनुपर्ने बताए । देश अहसजतामा गइरहेको चिन्ता गर्दै उनले खबरदारी आन्दोलन बढाउन सबै जुट्नु पर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनसांख्यिक आक्रमण भयंकर बढ्न थालेकोमा सत्ताधारीहरुमा चिन्ता नबढेको प्रति रोष प्रकट गरेका थिए भने नेता हिमलाल पुरीले कार्यक्रमको स्वरुप र सम्भाव्यताबारे धारणा राखेका थिए । प्रशासनविद डा. द्वारिकानाथ ढुंगेलले देशको अस्मितामाथि खेलवाड गर्ने छुट कसैलाई नभएको कुरा शिघ्र सम्प्रेषण हुन नसकेको प्रति चिन्ता व्यक्त गरे भने अभियन्ता साध्यबहादुर भण्डारीले सत्ताधारी पार्टी भित्र पनि राष्ट्रवादी शक्ति रहेकोले आन्दोलनमा व्यापक सहभागिता हुने आशा व्यक्त गरे ।

सर्वोच्च अदालतका पूर्व रजिष्टार श्रीप्रसाद पण्डितको अध्यक्षता र नेता सीपी मैनालीद्वारा सञ्चालन गरिएको सो कार्यक्रममा देवीप्रसाद ओझा, सुर्यनाथ उपाध्याय, भरत गौतम, धिरेन्द्र चन्द सोडारी, सुशिल गौतम, निलकण्ठ तिवारी, शंकर सुवेदी, राजन तिमिल्सिना, केदारचन्द शर्मा, गोपीरमण उपाध्याय, प्रकाश आङबुहाङ, भोजराज गौतम, झलकनाथ वाग्ले, महेन्द्र देवकोटा, गोविन्द निरौला, गोविन्द बोहरा लगायतका वक्ताहरुले नागरिकता विधेयकका विरुद्धमा संगठनात्मक र व्यक्तिगत ऐक्बद्धता जनाएका थिए ।

वि.सं.२०७६ जेठ ११ शनिवार १०:२० मा प्रकाशित

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...