
रुपैयाले सत्ता किन्यो हत्केलामा मुलुक राख्यो
डर राख्ने ठाउँ भएन सिरानमुनि बन्दुक राख्यो ।
घोडा किन्यो कुट्दा पनि आफ्नो गधा नहिडेर,
असन्तोकले नछोडेर घोडामा नि चाबुक राख्यो ।
पंक्षीहरु लजाउछन् बरु पशुहरु लजाउँछन्,
तर मान्छेलाई के ले यति धेरै कामुक राख्यो ?
फर्केर के आएको थ्यो साउन महिना फेरि पनि,
नदिसँग खहरेले सागर पुग्ने तुझुक राख्यो ।
पंक्षीहरु लजाउछन् बरु पशुहरु लजाउँछन्,
तर मान्छेलाई के ले यति धेरै कामुक राख्यो ?
वि.सं.२०७६ जेठ ११ शनिवार १२:१३ मा प्रकाशित






























