back

मुक्तकहरु

वि.सं.२०७६ जेठ ११ शनिवार

261 

shares
NTC AD
Global IME AD

साक्षी छन् है जुन तारा आँखा मेरा रसाउँदा
ह्रदयमा गडिएका तिम्रा यादले सताउँदा ।
खडेरी झै भयो जीवन कहाँ पलाउँछन् वीजहरु
भक्कानिएर आउँछ मुटु लैजाऊ तिम्रा चिजहरु ।।

सपनीमा झस्काउँछौ सधै नजिक आई
वरिपरि छाम्न खोज्दा बस्छौ दूरी बनाई ।
किन धेरै माया दियौ आफ्नै प्राणभन्दा पनि
म मर्दा नि सम्झिराखुँ अन्तिम घडि तिमीलाई ।।

भाग्यमानी तिमी रैछौ पोल्टो मेरो भरिदियौ
सारा खुसी सारा दुःख थन्काएर खाली गयौ ।
तिखालु छन् नजर सबै गुलाफका काँडा जस्ता
कसरी म बाँचु प्यारा सम्हालेर नासो सारा ।।

न्यानो साथ दियौ मलाई सधै पीर पर्दाखेरि
कहाँ गए तिम्रा हात आज आसु झर्दाखेरि ।
जुनी जुनी सँगै बाँच्ने वाचा कसम विलिन भए
भाँसिएर भड्खालोमा एक्लै आज पर्दाखेरि ।।

दुई दिनको जिन्दगीमा मायाप्रेम झुठो रहेंछ
एक्लै आउने एक्लै जाने संसारको नियम रैछ ।
आदर्शवादी कुरा गर्दै आदर्शमा बाँच्न सिक्यौ
आखिरमा श्वासत सत्य अँगालेर जानु रैछ ।।

भाग्यमानी तिमी रैछौ पोल्टो मेरो भरिदियौ
सारा खुसी सारा दुःख थन्काएर खाली गयौ ।
तिखालु छन् नजर सबै गुलाफका काँडा जस्ता
कसरी म बाँचु प्यारा सम्हालेर नासो सारा ।।

वि.सं.२०७६ जेठ ११ शनिवार १२:१६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मुक्तक

मुक्तक

निर्मलरमण पराजुली सामाखुशी, काठमाडौं १. एउटै आमाको दूध चुसि, सँगसँगै...

मुक्तक

मुक्तक

लक्ष्मी स्मृती, बिराटनगर १. सर्जरीहरूले तन्काएको गाला र बदन हुन्छ...