back
CTIZAN AD

जनआस्थाद्वारा प्रधानमन्त्री कार्यालयलाई चुनौती

वि.सं.२०७६ जेठ ११ शनिवार

819 

shares

११ जेठ, काठमाडौँ । जनआस्था साप्ताहिकले आफ्नो समाचारलाई लिएर प्रधानमन्त्री कार्यालयको वक्तव्यप्रति प्रतिक्रियासहित चुनौती दिएको छ ।

जेठ ८ गते जनआस्थामा प्रकाशित एक समाचारका विषयलाई लिएर प्रधानमन्त्री कार्यालयले प्रेस वक्तव्य जारी गरेपछि जनआस्थाले पुनः उक्त वक्तव्य बारे प्रष्टिकरण दिएको छ । जनआस्थाले छापेको ‘विदेशबाट अपराधीहरुको बाढी’ शिर्षकको समाचारका विषयमा शुक्रबार प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले प्रेस वक्तव्य जारी गरी समाचारमा प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अस्गर अलीलाई असान्दर्भिक रुपमा मुछिएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको थियो ।

जनआस्थामा छापिएको समाचार काल्पनिक कथा खडा गरी भ्रम सिर्जना गरेको भन्ने उक्त वक्तव्य आएपछि जनआस्थाका सहसम्पादक विश्वमणी सुवेदीले प्रेस विज्ञप्ति मार्फत प्रधानमन्त्री कार्यालयबाट आएको वक्तव्यमा भनिएजस्तो समाचार भ्रम सिर्जना गर्ने खालको नभै सत्यताको पुष्टि गर्ने प्रयास गरेका छन् ।  विज्ञप्तिमा अस्गर आफै प्रहरीकहाँ नपुगे पनि उनीमार्फत मान्छे खटाइएको र उनले विभिन्न प्रहरी अधिकारी, सरकारी वकिललाई मोबाइलबाट फोन गर्ने र एसएमएस लेख्ने काम गरेकै हुन् भन्ने दाबी गरेका छन् । विज्ञप्तिमा अस्गर आफैँ प्रहरीकहाँ पुगेको आशय एउटा नाम लेख्न छुट्दा पर्न गएको भन्दै क्षमा मागिएको छ ।

तर प्रधानमन्त्रीका सल्लाहकारले भनेजस्तो अस्गरको शून्य संलग्नता नभएको दाबी पनि उनले गरेका छन् । समाचारस्रोतको विश्वसनीयता र समाचारको सत्यतामाथि आफूहरु दृढ रहेको बताइएको छ ।

उक्त समाचार कसैप्रतिको आलोचना वा कसैको असुविधाका लागि नभएर प्रमज्यूको सचिवालयमा देखिएका त्रुटीहरु सच्चिउन् भन्ने मनसायले प्रकाशित भएको स्पष्ट पारिएको छ ।

 

 

वि.सं.२०७६ जेठ ११ शनिवार १२:१९ मा प्रकाशित

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...