back

जनआस्थाद्वारा प्रधानमन्त्री कार्यालयलाई चुनौती

वि.सं.२०७६ जेठ ११ शनिवार

450 

shares
GLOBAL IME AD
NTC AD

११ जेठ, काठमाडौँ । जनआस्था साप्ताहिकले आफ्नो समाचारलाई लिएर प्रधानमन्त्री कार्यालयको वक्तव्यप्रति प्रतिक्रियासहित चुनौती दिएको छ ।

जेठ ८ गते जनआस्थामा प्रकाशित एक समाचारका विषयलाई लिएर प्रधानमन्त्री कार्यालयले प्रेस वक्तव्य जारी गरेपछि जनआस्थाले पुनः उक्त वक्तव्य बारे प्रष्टिकरण दिएको छ । जनआस्थाले छापेको ‘विदेशबाट अपराधीहरुको बाढी’ शिर्षकको समाचारका विषयमा शुक्रबार प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले प्रेस वक्तव्य जारी गरी समाचारमा प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अस्गर अलीलाई असान्दर्भिक रुपमा मुछिएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको थियो ।

जनआस्थामा छापिएको समाचार काल्पनिक कथा खडा गरी भ्रम सिर्जना गरेको भन्ने उक्त वक्तव्य आएपछि जनआस्थाका सहसम्पादक विश्वमणी सुवेदीले प्रेस विज्ञप्ति मार्फत प्रधानमन्त्री कार्यालयबाट आएको वक्तव्यमा भनिएजस्तो समाचार भ्रम सिर्जना गर्ने खालको नभै सत्यताको पुष्टि गर्ने प्रयास गरेका छन् ।  विज्ञप्तिमा अस्गर आफै प्रहरीकहाँ नपुगे पनि उनीमार्फत मान्छे खटाइएको र उनले विभिन्न प्रहरी अधिकारी, सरकारी वकिललाई मोबाइलबाट फोन गर्ने र एसएमएस लेख्ने काम गरेकै हुन् भन्ने दाबी गरेका छन् । विज्ञप्तिमा अस्गर आफैँ प्रहरीकहाँ पुगेको आशय एउटा नाम लेख्न छुट्दा पर्न गएको भन्दै क्षमा मागिएको छ ।

तर प्रधानमन्त्रीका सल्लाहकारले भनेजस्तो अस्गरको शून्य संलग्नता नभएको दाबी पनि उनले गरेका छन् । समाचारस्रोतको विश्वसनीयता र समाचारको सत्यतामाथि आफूहरु दृढ रहेको बताइएको छ ।

उक्त समाचार कसैप्रतिको आलोचना वा कसैको असुविधाका लागि नभएर प्रमज्यूको सचिवालयमा देखिएका त्रुटीहरु सच्चिउन् भन्ने मनसायले प्रकाशित भएको स्पष्ट पारिएको छ ।

 

 

वि.सं.२०७६ जेठ ११ शनिवार १२:१९ मा प्रकाशित

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लुम्बिनी । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुनै...

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

काठमाडौँ । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको...

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर...

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने...

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि दिउँसो...

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका...