back
CTIZAN AD

कविता : तितो सत्य

वि.सं.२०७६ जेठ ११ शनिवार

1K 

shares

 

तिमी छटपटाईरह्यौ
सयौं चोटि ऐया र आत्थु गर्यौ
रोयौ
करायौ
आमा भन्यौ
बाबा भन्यौ
तमाम पिडाहरु खपेर बस्यौ
तिम्रो प्रशवबेदना
बाहिर बसेर सुनिरहे
बुढिऔलाले भुइ कोतरेर पर्खिरहे
एक्कासि ढोका खुल्यो

मैले के गरे र प्रिय
जाबो हस्तमैथुन गरेर फाल्ने विर्य दान गरेको हुँ
हो म त्यही पुरुष हुँ
आफ्नो शासन लाद्न खोज्ने
आज आमाको नामबाट नागरिकता दिनुहुँदैन भन्दै
बाबु हुनुको कथित स्वाभिमान डकारीरहेछु

आवाज आयो
ल बधाई छ तपाईलाई
तपाई बाबा बन्नुभएको छ
तिमी अर्धचेत अवस्थामा थियौ
मैले बधाई पाईसकेको थिए
दुःख तिमीले पायौ
पेट तिमीले बोक्यौ
बिरामी तिमी भयौ
गर्भ भित्र शिसुको धड्कन तिमीले नाप्यौ
बधाई मैले पाएं
मैले के गरे र प्रिय
जाबो हस्तमैथुन गरेर फाल्ने विर्य दान गरेको हुँ
हो म त्यही पुरुष हुँ
आफ्नो शासन लाद्न खोज्ने
आज आमाको नामबाट नागरिकता दिनुहुँदैन भन्दै
बाबु हुनुको कथित स्वाभिमान डकारीरहेछु

वि.सं.२०७६ जेठ ११ शनिवार १२:२३ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...

कविता : जिब्रो बटार्ने सिसी

कविता : जिब्रो बटार्ने सिसी

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी निस्के बाघ बनेर...

कविता : मान्छे बनोस् कामना

कविता : मान्छे बनोस् कामना

अलख निरन्जन लोहार टीकापुर कैलाली,हाल - भारत आगामा जल प्राण...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

कविता : वृत्त महिमा

कविता : वृत्त महिमा

हृषीकेश बराल पोखरा -२६ , कास्की भाषा चल्छन्,गति यति लिई,अर्थ...

कविता : आमा नरोउन् अब

कविता : आमा नरोउन् अब

रामशरण न्यौपाने “पाँचघरे” भक्तपुर आमा हुन् घरकी दियो प्रखर जो...