Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

अर्घाखाँचीमा ३ जना कृषकले पाए राष्ट्रपति उत्कृष्ट पुरस्कार



२९ कात्तिक, अर्घाखाँची, । जिल्लाका तीन कृषकले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेका छन् । विश्व खाद्य दिवसको अवसरमा जिल्ला कृषि विकास कार्यालयले आज यहाँ आयोजित कार्यक्रममा ती कृषकलाई सो पुरस्कार प्रदान गरेको हो ।

स्थानीय विकास अधिकारी लक्ष्मी पाँडे गौतम, सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर भुसाल, वरिष्ठ कृषि विकास अधिकृत योगप्रसाद खरेललले पोखराथोकका अच्युत गौतम, धारापानीका भेषबहादुर नेपाली र अडगुरीका ताराप्रसाद न्यौपानेलाई रु १० हजार राशि सहित सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
आचार्यलाई उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार

अर्घाखाँचीमा रही कृषि क्षेत्र र यसको विकासका लागि उत्कृष्ट कलम चलाएको भन्दै पत्रकार प्रेमनारायण आचार्यलाई कृषि पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
कृषि क्षेत्रको समाचार प्रकाशन तथा प्रसारण उल्लेखनीय योगदानपु¥याएबापत उहाँलाई रु पाँच हजारसहित सम्मानपत्र प्रदान गरिएको हो । जिल्लामा रही विगत १० वर्षदेखि आचार्यले पत्रकारिता गर्दैै आउनुभएका आचार्यले बढ्दो विदेश पलायनलाई रोक्न पत्रकारितामार्फत निर्बाह गर्नुभएको भूमिकालाई महत्वपूर्ण मानिएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम