back
CTIZAN AD

यसरी मनाए अमेरिकामा हरिवंशले जन्म दिन

वि.सं.२०७३ कात्तिक २९ सोमवार

951 

shares

madankrishnaविजय थापा ,वाशिंगटन डीसी । नेपालका ख्याती प्राप्त हास्य व्यंग्य कलाकार हरिबंश आचार्यले अमेरिकाको मेरिल्याण्डमा आफ्नो जन्म दिवस मनाएका छन् । उनले गत नोवेम्बर १२ तारिख नेवाः पासा पुच अमेरिकाए –एनपीपीए)को रजत जयन्ति समारोह समापन पछि स्वयम सेवक सम्मान कार्यक्रम बीच मनाएका हुन् ।

आचार्यले जन्म दिवसमा केक काटी मनाए भने उनले आयोजक एनपीपीए लाई बिशेष धन्यबाद दिए । उनले अमेरिका भनेको आफ्नो लागी दोश्रो घर जस्तै लागेको बताए । र ,आफु ३ महिना अगाडी मात्र छोराको बिबाह गर्न अमेरिका आएको बताएका थिए । उनले अगाडी भने अमेरिकामा जन्मेका बालबालिका अब अमेरिकाको राष्ट्रपति बन्न सक्ने अवसर पाउने छन् । तर नेपालमा समाचारमा सुन्न आए अनुसार छिमेकि राष्ट्र भारतमा जन्मेकालाई पनि त्यस्तो पदमा बन्न पाउने कुरा चलेकोले त्यो कुरा कदापी नहुने आफ्नो विचार राखे । उनको जन्म दिवसमा छोरा ,बुहारी ,श्रीमती रमिला आचार्य ,सम्धी तथा सम्धिनी समेतको उपस्थिति रहेको थियो ।

सबैले आचार्यको जन्म दिवसमा कर्तल ध्वनि दिदै शुभकामना दिएका थिए । त्यसै अवसरमा मदन कृष्ण श्रेष्ठले कलाकारको जन्म दिवसको कहाँ मनाउने भन्ने ठेगाना नहुने बताए । श्रेष्ठले आफ्नो जन्म दिवस स्पेन, बेलायत, उत्तर कोरिया तथा आकाश मै मनाएको रोचक प्रशंग सुनाएका थिए ।
उनले नेवारी गीत समेत गाउदै एनपीपीएको कार्यक्रम सोचे भन्दा एक सय गुणा राम्रो लागेको बताएका थिए ।

उक्त संस्थाका संस्थापक सभापति राम मालाकार बोल्ने क्रममा भक्कानिएका थिए िभाबुक हुदा हुदै भाव बिभोर भएका थिए ।उनले रोपेको बिउ यति ठुलो र यहाँ सम्म कैयौ खुड्किला पार गर्दै यो अवस्थामा आई पुगेकोमा उनले मन थाम्न नसकी रोएका थिए ।

२५ बर्ष पुगेको उपलक्ष्यमा मह जोडी९मदन कृष्ण श्रेष्ठ तथा हरि बंश आचार्य ०लाई उक्त डीसी महानगर क्षेत्रमा २५ बर्ष अगाडी स्थापना भएको प्रसिद्ध नेवा समुदायको संस्थाले झिकाएको थियो । मह जोडीको बिशेष कार्यक्रमको लागि डीसी महानगर क्षेत्रका नेपाली समुदायले कलाकारलाई देखाएको सहभागिता उत्साहजनकको साथै खचाखच भिड रहेको थियो ।

स्वयम् सेवक समारोहमा सबैलाई प्रमाण पत्र द्वारा सम्मान गरिनु को साथै सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो िरजत जयन्तको अवसरमा एनपीपीए कार्यक्रमको लागि मात्र बिशेष प्रस्तुति बोकेर अमेरिका आएका मह जोडी ९मदन कृष्ण श्रेष्ठ तथा हरि बंश आचार्यले ३ वटा प्रस्तुति गरेका थिए ।

कार्यक्रममा सभापति सरोज प्रजापतिले ऐतिहासिक सफलता बनाउने सबैलाई मुक्त कण्ठ ले प्रशंसा गरेकी थिइन् भने मह जोडीलाई बिशेष धन्यवाद दिएकी थिइन् । र प्रजापतिले आफुले यस भेकमा यस्तो कार्यक्रम अमेरिकामा बसेको ३ दशकमा पहिलो पटक अनुभव गर्न पाएको बताइन ।

वि.सं.२०७३ कात्तिक २९ सोमवार ०६:०० मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...