Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

मधेसवादी दलद्वारा संसद् बैठक बहिष्कार



२९ कात्तिक, काठमाडौँ । मधेस केन्द्रित दलले व्यवस्थापिका–संसद्को आजको बैठक बहिष्कार गरेका छन् ।

व्यवस्थापिका–संसद्को आजको बैठक सुरु हुनेबित्तिकै सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले मधेसी, आदिवासी, जनजाति दलको मागअनुसार संविधान संशोधनमार्फत सर्वस्वीकार्य बनाउने सरकारको प्रतिबद्धता कार्यान्वयन नभएकामा आपत्ति जनाउनुभयो ।

सरकार गठनको समयमा नयाँ सरकार गठन हुँदा भएको तीनबुँदे सहमति कार्यान्वयन नभएकामा गुनासो गर्दै उहाँले तत्काल संविधान संशोधन प्रस्ताव ल्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले शान्तिपूर्ण तबरले आफूहरुले सदनमा उठाएको माग सम्बोधन गर्न र संविधानको सर्वस्वीकार्यता गराउन आग्रह गर्नुभयो । सदनको बैठक बहिष्कार गर्ने दलहरुमा सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टीलगायत रहेका छन् । र


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ