back
CTIZAN AD

मधेसवादी दलद्वारा संसद् बैठक बहिष्कार

वि.सं.२०७३ कात्तिक २९ सोमवार

861 

shares

२९ कात्तिक, काठमाडौँ । मधेस केन्द्रित दलले व्यवस्थापिका–संसद्को आजको बैठक बहिष्कार गरेका छन् ।

व्यवस्थापिका–संसद्को आजको बैठक सुरु हुनेबित्तिकै सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले मधेसी, आदिवासी, जनजाति दलको मागअनुसार संविधान संशोधनमार्फत सर्वस्वीकार्य बनाउने सरकारको प्रतिबद्धता कार्यान्वयन नभएकामा आपत्ति जनाउनुभयो ।

सरकार गठनको समयमा नयाँ सरकार गठन हुँदा भएको तीनबुँदे सहमति कार्यान्वयन नभएकामा गुनासो गर्दै उहाँले तत्काल संविधान संशोधन प्रस्ताव ल्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले शान्तिपूर्ण तबरले आफूहरुले सदनमा उठाएको माग सम्बोधन गर्न र संविधानको सर्वस्वीकार्यता गराउन आग्रह गर्नुभयो । सदनको बैठक बहिष्कार गर्ने दलहरुमा सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टीलगायत रहेका छन् । र

वि.सं.२०७३ कात्तिक २९ सोमवार ०६:४५ मा प्रकाशित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले बारा जिल्लामा बलात्कारपछि हत्या...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किँदै गएपछि १५...

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर...

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...