back
CTIZAN AD

‘गरिबी र गणतन्त्र सँसँगै रहँदैनन्’

वि.सं.२०७६ जेठ १५ बुधवार

621 

shares

१५ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी र लोकतान्त्रिक गणतन्त्रबाट गणतन्त्र सँसँगै रहन नसक्ने भन्दै गणतन्त्रबाट गरिबी हटाउन सरकारले सुशासन र विकासलाई प्राथमिकता दिएको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जनताको जीवनमा लोकतन्त्रको सार्थक अनुभूति गराउने अभियानमा विकास, समृद्घि, सुशासन एवं स्थिरता सरकारको मुख्य गन्तव्य भएको जनाए । ‘हाम्रो ध्येय गरिबी, विपन्नता, पछोटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचारविरुद्घ केन्द्रित छ । गरिबी र लेकतान्त्रिक गणतन्त्र सँसँगै रहन सक्दैन् ।

त्यसैले सुशासन र विकास आज हाम्रा प्राथमिकता हुन्,’ प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ, ‘त्यसैले यो प्रगतिशील, देशभक्त र जनपक्षीय सरकार दृढ इच्छाशक्तिका साथ समृद्घ नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न अग्रसर छ ।’ उनले गणतान्त्रीक व्यवस्थालाई पारिभाषित गर्दै गणतन्त्र केबल राजनीतिक प्रणाली मात्रै नभई सममग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताइका छन् ।

कान्तिपुर दैनिक पत्रिकाबाट

वि.सं.२०७६ जेठ १५ बुधवार ०७:३० मा प्रकाशित

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय...

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...