back
CTIZAN AD

सोलुखुम्बुमा उपचार हुन नसकेपछि गर्भवतीलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

वि.सं.२०७६ जेठ १५ बुधवार

606 

shares

१५ जेठ, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ की एक गर्भवतीको उद्धार गरेर काठमाडौँ ल्याइएको छ । गाउँपालिका–३ छेस्कामकी २२ वर्षीया देवीकला राईलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएकोे हो ।

पाँच महीनाकी गर्भवती राईलाई कडा रक्तअल्पताका कारण उपचारमा समस्या भएको जिल्ला अस्पताल फाप्लुका प्रमुख डा मिङ्मार छिरिङ शेर्पाले जानकारी दिए । डा शेर्पाका अनुसार तीन पाउण्ड रगत दिएपछि त्यसको रियाक्सन (प्रतिक्रिया) शुरु भएपछि जीवन बचाउन काठमाडौँ सिफारिस गरिएको हो ।पारिवारिक अवस्था अत्यन्त नाजुक भएकाले थप समस्या भएको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिए । गाउँपालिका र अस्पतालको अनुरोधमा प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाको पहलपश्चात नेपाली सेनाको हेलिकोप्टरमार्फत उनलाई काठमाडौँ ल्याइएको हो । ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५’ अनुसार उद्धार गरिएको हो । उनको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ ।

उक्त कार्यविधिमा लगातार लामो प्रसव व्यथा लागेका, बच्चा जन्मिन कठिनाइ भएको, गर्भमै बच्चाको मृत्यु भएको, गर्भावस्थामा हातखुट्टा, शरीर सुन्निएको, अधिक रक्तश्राव भएको, रक्तअल्पता भएका महिलालाई ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको रुपमा व्याख्या गरिएको छ ।
हवाई उद्धारकार्यको समन्वय गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको महिला सशक्तिकरण महाशाखा प्रमुखको संयोजकत्वमा गठित आठ सदस्य समितिले काम गर्छ । स्थानीय तहमा हवाई उद्धारकार्यका लागि समन्वय गर्न गाउँपालिका तथा नगरपालिकाका अध्यक्षको संयोजकत्वमा समिति बनाउने उल्लेख गरिएको छ ।

वि.सं.२०७६ जेठ १५ बुधवार ०९:५६ मा प्रकाशित

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

राँझा (बाँके) । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले...

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक

इलाम । गर्मीयाम सुरु भएसँगै सूर्योदय नगरपालिकाको कन्याम र श्रीअन्तुमा...

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट...

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौँ । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि...