back
CTIZAN AD

कोरियन भाषा परीक्षा : सूचना पढ्नुस्, परीक्षामा सामेल हुनोस्

वि.सं.२०७६ जेठ १९ आइतवार

1K 

shares

१९ जेठ, काठमाडौँ । के तपाई रोजगार अनुमति प्रणाली (ई.पि.एस) अन्तर्गत दक्षिण कोरियाका लागि कोरियन भाषा परीक्षाको मिति पर्खंदै हुनुहुन्छ ? हो, भने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार विभाग अन्तगर्त ई.पि.एस शाखाले नेपाली कामदारका लागि दशौँ (EPS-TOPIK)  कोरियन भाषा परीक्षाको मिति तथा परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

शाखाले जारी गरेको सूचनामा परिक्षा आउँदो हप्ता अर्थात् जुन ८ र ९ गते हुने हुने छ भने २२ वटा परीक्षा केन्द्र तोकिएको छ । पहिलो सिफ्ट बिहान ८ बजे र दोस्रो सिफ्ट ११.३० बजे हुने बताइएको छ । एक घण्टा परीक्षार्थीहरुलाई अभिमुखीकरण दिइने छ ।

परीक्षामा सहभागी परिक्षार्थीले राहदाीको सक्कल र प्रवेशपत्रको रंगीन प्रिन्ट पनि लिइ आउनु पर्नेछ ।

पहिलो चरणको यो परिक्षामा ९२२५६ परीक्षार्थी सहभागी हुने ईपिएस शाखाले जनाएको छ । यसको नतिजा असार १३ गते आउने छ भने यो परिक्षामा उत्र्तिण परिक्षार्थी पुनः दोस्रो चरणको परिक्षामा सहभागी हुनेछन् । सीप परीक्षाबाट पास भएपछि १०५० नेपाली मात्र कामदारका रुपमा कोरिया जान पाउने बताइएको छ ।

 

वि.सं.२०७६ जेठ १९ आइतवार १२:२० मा प्रकाशित

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हालै दर्ता भएको विशाल...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...