
१९ जेठ, काठमाण्डौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यरो सदस्य पदम राई नेकपामा प्रवेश गरेका छन् ।
धुमबाराहीस्थित नेकपाको केन्द्रीय कार्यालयमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राईलाई पार्टी प्रवेश गराएका हुन् ।
अध्यक्ष प्रचण्डले पार्टीमा राईलाई उचित स्थान र जिम्मेवारी दिइने बताउँदै विप्लव समूहका अन्य कार्यकतालाई पनि पूर्वाग्रह नराखी नेकपामा प्रवेश गर्न आव्हान गरेका थिए ।

सबै कम्युनिष्ट एक हुनुको विकल्प नरहेको बताउँदै अध्यक्ष प्रचण्डले विप्लवले लिएको बाटोले गन्तव्यमा नपुर्याउने समेत बताए । उनले भने, ‘त्यसले राष्ट्र र जनतालाई क्षत्रि मात्र हुनेछ ।’

पार्टी प्रवेश कार्यक्रममा राईले देशले अब द्धन्द्ध थेग्न नसक्ने भन्दै देशलाई द्धन्द्धबाट बचाउनकै लागि आफू नेकपामा प्रवेश गरेको बताएका थिए । उनले सुरक्षा खोज्दै नेकपामा नआएको बताउँदै विप्लव पार्टीका गतिबिधि मन नपरेर नेकपामा प्रवेश गरेको बताएका थिए ।
वि.सं.२०७६ जेठ १९ आइतवार १२:१७ मा प्रकाशित






























