back

प्रदेश २ ले ल्याउन लाग्यो कडा कानुन, विरामी अन्त पठाए पाँचलाख जरिवाना

वि.सं.२०७६ जेठ २१ मंगलवार

636 

shares

२१ जेठ, वीरगन्ज । प्रदेश २ सरकारले आफूले उपचार गर्न सक्ने अस्पतालले बिरामी अन्यत्र पठाएमा रु पाँच लाखसम्म जरिवाना हुने कानून ल्याउन लागेको छ । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रदेशसभा बैठकमा पेश गरेको सो विधेयकमा यससम्बन्धी व्यवस्था गरिएको जानकारी दिए ।

सो विधेयकमा स्वास्थ्य संस्थामा उपचार गर्न आउने बिरामीलाई उपचारको व्यवस्था हुँदाहँुदै अर्को अस्पतालमा उपचारका लागि पठाएमा रु २५ हजारदेखि पाँच लाखसम्म जरिवानाको व्यवस्था रहेको छ । अनुमति नलिई स्वास्थ्य संस्था सञ्चालन गरेको पाइएमा रु एक लाखसम्म जरिवाना र सो संस्था बन्द गराउने व्यवस्थासमेत विधेयकमा रहेको मन्त्री साहले बताए ।
यसैगरी सो विधेयकमा दर्ता नगरी स्वास्थ्य सेवा प्रदान गर्ने चिकित्सक वा व्यक्तिलाई २५ हजारदेखि एक लाखसम्म जरिवाना गर्ने ब्यवस्था रहेको छ । विधेयकले ग्रामीण क्षेत्रमा धामी, झाँक्री आफू रोगको उपचार गर्ने व्यक्ति भएको भनेर बिरामीलाई अल्झाएर राख्ने र अन्तिम समयमा अस्पताल पु¥याउँदा बिरामीको मृत्यु हुने भएकाले त्यस्ता धामी, झाँक्रीलाई कानूनको दायरामा ल्याउनसमेत व्यवस्था गरिने गरी विधेयक ल्याउन लागिएको हो ।
हालसम्म प्रदेश २ को संसद्मा प्रस्तुत भएको ३६ वटा विधेयकमध्ये १६ वटा विषयगत विधेयक पारित भएको प्रदेश २ का न्यायाधिवक्ता दीपेन्द्र झाले बताए ।

वि.सं.२०७६ जेठ २१ मंगलवार १८:४९ मा प्रकाशित

Himalayan Life AD
विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

काठमाडौं । वाम दलबीचको एकता प्रयासलाई साथ दिँदै माओवादी केन्द्र...

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर...

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४...

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा पोखरामा आगजनी र तोडफोडमा संलग्न...

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

काठमाडौँ । काठमाडौं । पर्वतको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै...

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी पदमुक्त

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी पदमुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी...