back
CTIZAN AD

व्यवसायीले उडान ठप्प पारेको भनेपनि विदेश जान रोकिएनन युवा

वि.सं.२०७६ जेठ २१ मंगलवार

807 

shares

२१ जेठ, काठमाण्डौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले वैदेशिक रोजगारमा जाने कामदारको उडान ठप्प पारिएको जिकिर गरे पनि वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या रोकिएको छैन ।

आफूहरुले सरकारसमक्ष राखेको माग पूरा नभएको भन्दै चरणबद्ध सङ्घर्षमा उत्रिएको सङ्घले गत शुक्रबारदेखि कामदारको उडान बन्द गरिएको बताए पनि साविककै सङ्ख्यामा युवा वैदेशिक रोजगारमा गइरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित वैदेशिक रोजगार विभागअन्तर्गतको श्रम कक्षले साविककै सङ्ख्यामा युवा वैदेशिक रोजगारीमा गएको जनाएको छ । व्यवसायीले उडान बन्द गरेको घोषणा गरे पनि दैनिक एक हजारको सङ्ख्यामा युवा रोजगारीका लागि गन्तव्य मुलुक प्रस्थान गरिरहेका छन् ।

श्रम कक्षका प्रमख बाबुराम घिमिरेले व्यवसायीको हडतालका कारण वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्यामा खासै कमी नदेखिएको बताए । उनले भने, “व्यवसायीले भनेजस्तो कामदारको उठान ठप्पै भएको भन्ने होइन, यसअघिका दिनकै अनुपातमा युवा वैदेशिक रोजगारीमा गइरहेका छन् ।”

आज अपराह्न ३ बजेसम्म ३५० कामदार संस्थागत श्रम स्वीकृति लिएर उडेको उनले बताए । त्यसैगरी सोमबार संस्थागत श्रम स्वीकृति लिएका ३२९ र व्यक्तिगत श्रम स्वीकृति लिएका ५७४ युवा विदेशिएका प्रमुख घिमिरेले जानकारी दिए । व्यवसायीको आन्दोलनका वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या केही कम देखिएको उनको भनाइ थियो । सोमबार र मङ्गलबार वैदेशिक रोजगारीमा जाने युवामा अधिकांश मलेसियाका लागि ‘कलिङ भिषा’ पाइसकेका कामदार रहेका छन् ।

सङ्घमा आबद्ध व्यवसायीले यही जेठ ३ गते बृहत् भेलामार्फत् निर्णय नै गरेर छबुँदे माग सम्बोधन नभए जेठ १७ देखि २३ गतेसम्म वैदेशिक रोजगारमा जाने श्रमिकको उडान बन्द गर्ने निर्णय गरेका थिए ।

सङ्घले इजाजत लिन राख्ने धरौटी रकमको ब्याज पाउने व्यवस्था गर्न, मर्जर हुने संस्थालाई उपयुक्त छुट, सुविधा र सहुलियत दिन, मन्त्रालयमा सूचीकृत मेडिकल संस्थामार्फत् मलेसियामा नेपाली कामदार पठाउने व्यवस्था गर्नुपर्नेलगायत माग राख्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

वि.सं.२०७६ जेठ २१ मंगलवार १९:०६ मा प्रकाशित

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...