back
CTIZAN AD

अङ्गीकृत नागरिकलाई देशको प्रमुख पदमा पु¥याउने षडयन्त्र जनताले विफल पार्छन् : बिजुक्छे

वि.सं.२०७३ कात्तिक ३० मंगलवार

1.2K 

shares

narayanman

३० कात्तिक, भक्तपुर  । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अङ्गीकृत नागरिकलाई देशको प्रमुख पदको जिम्मेवारीमा लान सक्ने षडयन्त्र जनताले विफल पार्ने बताउनु भएको छ ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले अङ्गीकृत नागरिकलाई देशको प्रमुख पदमा लैजाने भारतीय षडयन्त्र जनताले कहिलै सफल हुन नदिने बताउनुभयो । उहाँले मधेस आन्दोलनका नेतृत्वको वास्तविक माग थाहा पाएका मधेसका जनतासमेत नागरिकताको सवालमा संविधान संशोधन गर्ने पक्षमा नरहेको उल्लेख गर्नु भयो ।

तराईमा सरकारले घरदैलो अभियान सञ्चालन गर्दै नागरिकता वितरण गर्न लागेको प्रसङ्गमा उहाँले नेपालमा प्रधानमन्त्रीको परिवर्तनसँगै भारतीय नागरिकलाई नागरिकता बाँड्ने परम्परा अहिलेको पुष्पकमल दाहाल नेतृत्व सरकारले पनि निरन्तरता दिएको आरोप लगाउनुभयो ।

संविधान संशोधनलाई जसरी पनि सफल पार्न भारतले लोकमान प्रकरणलाई चालका रुपमा प्रयोग गरेकोे आरोप लगाउँदै उहाँले केही ठूला राजनीतिक दलका पदाधिकारी जेल जान सक्ने भएपछि लोकमान प्रकरण बाहिर आएको बिजुक्छेको दाबी थियो ।

सरकारले सय दिनमा कुनै पनि परिणाममुखी काम गर्न नसकेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेले सरकार असफल भएको विचार व्यक्त गर्नु भयो । रासस

वि.सं.२०७३ कात्तिक ३० मंगलवार १४:५६ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...